सुर्यमा भोट दिनुस् बागमती गाउँपालिकामा नसोचेको विकास गर्ने छौं ः जर्गामगर
मकवानपुरको बागमती गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउनको लागि आफ्नो उम्मेदवारी रहेको नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार खेमराज जर्गामगरले बताए । चुनाव केन्द्रित घरदैलो कार्यक्रममा गाउँपालिकाका घरदैलोमा पुगेर अबको ५ बर्षमा विकास गरेर बागमती गाउँपालिकालाई सुन्दर, समृद्ध र बनाउँदै साझा समस्याको रुपमा रहेको भूमी हिन नागरिकलाई लालपुर्जा प्रदान गर्र्ने जर्गामगरले बताए । घरदैैलो कार्यक्रममा स्थानीय नागरिकहरुसँग सुर्यमा भोट दिएर जिताउनु भए बागमती गाउँपालिकामा नसोचेको विकास गर्ने जर्गामगरले बताए ।
‘अघिल्लो निर्वाचनमा थोरै मतान्तरले मात्रै हार व्यहोर्न परेको थियो । अध्यक्ष नभएपनि उपाध्यक्ष एमालेबाटै बनाउन सफल भयौं । अबको कार्यकालमा अध्यक्ष उपाध्यक्ष सहित सबै वडाको सबै तहमा एमाले कै सरकार बन्ने छ । यसमा ढुक्क छौं,’ उनले भने ।
खानेपानीको समस्या समाधान, सडक सञ्जालहरुको बिस्तार र शिक्षा स्वास्थ्यलाई मुलधारमा राखेर विकास गर्ने जर्गामगरको भनाइ छ । गाउँपलिका विकासको लागि नेकपा एमाले मात्रै सक्षम रहेको बताउँदै सुर्य चिन्हमा मतदान दिएर आफ्नो मत सुरक्षित राख्न समेत उनले आग्रह गरेका छन् ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार धनमाया स्याङ्तान अघिल्लो कार्यकालमा गर्न बाँकी र गर्न नपाएका विकासको योजनाहरु पूरा गर्नको लागि आफू पुनः आउन चाहेको बताइन् । महिलाको हक, अधिकार सुनिश्चित गर्न तथा गाउँपालिकाको समग्र विकासको लागि ८ सुर्य ७ छाप लगाउन स्याङ्तानले अनुरोध समेत गरिन् ।