कर्राखोलामा डुबेर राईको मृत्यु
![](https://www.palikadiary.com/wp-content/uploads/2022/05/Child-Sink-in-Water-Lake-1652098813-992x659.jpg)
हेटौंडा / हेटौंडा-१७ चुच्चेखोलामा स्थित कर्रा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-१७ गौरीगाउ राईटोल बस्ने अन्दाजी ५१ बर्षीय पुर्ण बहादुर राई रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
खोलामा तर्ने क्रममा उनको डुबेर भएको प्रहरीले अनुमान गरेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरे रहेको र शवको मुचुल्का उठाउने काम भइरहेको जनाइएको छ। राईलाई डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
![](https://www.palikadiary.com/wp-content/uploads/2025/01/jado-suchana-kailash_page-0001-scaled-copy.jpg)
प्रतिक्रिया