नतिजा देखाउन हामी आतुर छौं ः काफ्ले

पालिका डायरी
२६ बैशाख २०७९, १५:१६

हेटौंडा / नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगरपालिका उपमेयरका उम्मेद्वार बनेका सुमित्रा काफ्लेले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले नतिजा देखाउन आतुर भएको बताएकी छिन् । सोमवार हेटौंडा–४ नम्वर वडाको घरदैलो कार्यक्रममा सहभागी हुदै उमेयरका उम्मेद्वार काफ्लेले नतिजा देखाउन ३० गतेलाई कुरिरहेको बताईन् ।

‘यतिखेर हाम्रो उम्मेद्वारी उम्मेदवारी नेकपा एमालेले परिकल्पना गरेको शुन्दर हेटौंडा , समृद्ध र समुन्नत उपमहानगरपालिका निर्माण गर्नु हो’ उनले भनिन् , ‘देशमै एउटा उदाहरण प्रस्तुत गर्न सकिने खालको नमूना तथा हेटौंडामा बसौँबसौँ लाग्ने खालको उपमहानगरपालिका निर्माण गर्ने सपना छ, नेकपा एमालेले त्यो सपना साकार पार्ने छ ।’ एमालेका उम्मेदवारहरु चुनावी मैदानका अब्बल उम्मेदवारहरु भएकाले यस पटक पनि नेकपा एमालले नै विजयी हासिल गर्ने उनले बताईन् ।

घरदैलो कार्यक्रममा वडाअध्यक्ष उम्मेद्वार नविन सिग्देलले ४ नम्वर वडा समृद्ध बन्ने बताउँदै सुर्यचिन्हमा मतदान गर्न गरेका थिए । कार्यक्रममा नेकपा माओवादी परित्याग गरी देवराज रिमालसहित २० जनाले कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया