ईन्द्रसरोवरमा गठबन्धनबाट एकीकृत समाजवादीको उम्मेदवार नै आधिकारिक : प्रवक्ता चौलागाई

पालिका डायरी
२४ बैशाख २०७९, १५:५४
ईन्द्रसरोवरमा गठबन्धनबाट एकीकृत समाजवादीको उम्मेदवार नै आधिकारिक : प्रवक्ता चौलागाई

बासुदेव बिष्ट

हेटाैंडा /  वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा ईन्द्रसरोवरमा गठबन्धनबाट एकीकृत समाजवादीको उम्मेदवारनै आधिकारिक हुने नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौैलागाइंले बताए । शनिबार पार्टी कार्यालय आयोजितमा पत्रकार सम्मेलन मार्फत गठबन्धनबाट उम्मेदवारी दिएकाहरु मात्रै आधिकारिक हुने बताएका हुन् ।

पाँचदलीय गठबन्धनका नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गर्ने र गठबन्धन पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गर्ने सबै पालिकामा उम्मेदवारहरुको पक्षमा जनलहर उर्लिरहेको बताउँदै चौलागाईंले भने  यदाकदा नेपाली कांग्रेसका क्रियाशिल सदस्य, नेता, कार्यकर्ताहरुबाट सामाजिक सञ्जालमा मतदाताहरुलाई भ्रमित पार्ने खालको अभिब्यक्तिहरु प्रकाशन तथा प्रशारण गरिरहेको देखिन आएको छ । यस्ता घटनाक्रमले विपक्षी उम्मेदवारहरुलाई पृष्ठपोषण हुनेगरी सामाजिक सञ्जालको दुरुपयोग भैरहेको प्रति नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्य समितिको ध्यानाकर्षण भएको भएको छ ।

मकवानपुर जिल्लाको १० वटै स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारको पक्षमा लाग्न समेत निर्देशन गरिएको छ । पत्रकार सम्मेलनको पश्न सोध्ने क्रममा उनले भने १० वटै स्थानिय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरुनै आधिकारिक भएको र ईन्द्रसरोवरको हकमा गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) को उम्मेदवार नै आधिकारिक उम्मेदवार रहने समेत प्रवक्ता चौलागाईले जानकारी दिए ।

केही वडा बाहेक सबै स्थानीय निकायहरुमा पाँचदलिय गठबन्धनका रहेको उनको भनाइ छ । कांग्रेसका बागी उम्मेदवारलाई पनि पार्टीको आधिकारिक उम्मेदवार र गठबन्धनको उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिइएको बताइएको छ । पार्टीको नीति, निर्देशन विपरित कार्य गरे अनुशासन समितिले कारवाही गर्ने नेपाली कांग्रेस मकवानपुर जिल्ला अनुशासन समितिका संयोजक प्रभातकुमार दाहालले जानकारी दिए ।

प्रेस विज्ञप्ती

प्रतिक्रिया