पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै एमालेले गर्यो धन थापालाई कारबाही ।

पालिका डायरी
२४ बैशाख २०७९, १४:२१
पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै एमालेले गर्यो धन थापालाई कारबाही ।

हेटौंडा / आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशन र पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै हेटौंडा ७ का धन थापालाई एमालेले कारवाही गरेको छ ।

नेकपा एमाले हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा कमिटीको आज बसेको बैठकले पार्टीको निर्देशन र हित विपरीत गतिविधिमा सक्रिय भएको, पार्टीको उम्मेदवार हराउन लागिपरेको भन्दै थापालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन सहितको कारवाही गरिएको वडा कमिटी अध्यक्ष कुलप्रसाद त्रीपाठिले जानकारी दिनुभयो ।

व्यवसायी समेत रहेका थापाले एमालेले सर्वसम्मत उम्मेदवार बनाएको अध्यक्ष लगाएत सदस्य उम्मेदवारलाई हराउन विपरीत गठबन्धन सङ्ग मिलोमतो गर्ने, गठबन्धनको चुनावी क्रियाकलापमा सक्रिय भएकाले पार्टीको विधान अनुरुप थापालाई कारवाही गरिएको अध्यक्ष त्रीपाठिले बताउनुभयो ।

प्रतिक्रिया