आचारसंहिता विपरित कांग्रेसको झण्डा बिजुलीको पोलमा

पालिका डायरी
२४ बैशाख २०७९
हेटौंडा

हेटौंडा / पाँच दलीय सत्ता गठबन्धनबाट चुनावी मैदानमा होमिएको नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरित प्रचार प्रसार गरेको पाइएको छ ।

स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सत्तारुढ राजनीतिक दलहरुको लागि निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । जसमा सार्वजनिक स्थलहरुमा राजनीतिक दलहरुको झण्डा, नाम, भित्ते लेखन जस्ता प्रचारका समाग्रीहरु राख्न नपाइने बताइएको छ । तर हेटौंडा बजार क्षेत्रका बिजुली पोलहरु यतिबेला कांग्रेसमय देखिएको छ । बुद्धचोक देखि राप्ती रोडका सडक छेउमा रहेका बिजुलीको पोलहरुमा नेपाली कांग्रेसको रुख चिन्हको झण्डा र चारतारे झण्डाहरु राखिएको छ ।

यसरी आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलहरुलाई कारवाही गरिने मुख्य निर्वाचन अधिकृत कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन आचारसंहितामा निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले पचहत्तर ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा वितरण गर्न बाहेक कुनै पनि पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले छाप्न वा प्रयोग गर्न वा गराउनु नहुने उल्लेख छ ।

प्रतिक्रिया