घरघरमा पुग्दै मतदाता शिक्षा दिदै ५ नम्बर एमालेका उम्मेदवारहरु
हेटौंडा / नजिकिदै गरेको स्थानीय तहको निर्वाचन हुन अब ७ दिन बाकी रहेको छ । लामो समय जनप्रतिनिधि बिहिन रहेको स्थानीयतहहरुमा राज्य संघिय संरचनामा आईसकेपछीको दोस्रो पटक बैशाख ३० मा निर्वाचन हुदैछ ।
त्यसैले पनि स्थानीय तहहरुमा कस्ले नेतृत्व गर्ला आम चासोको विषय बन्ने गरेको छ भने त्यतिकै मात्रमा जनतामा उत्साह देख्न सकिन्छ । नेताहरु आअफ्नो चुनावी एजेन्डा बोकेर जनताको घर दैलोमा प्रचारप्रसारमा केन्द्रित रहेको भेटिन्छन । भने कतै चुनावी अभियान अन्तरगतको पहिलो चरणको घरदैलो अभियान सकेर उम्मेदवारहरुनै मतदाता शिक्षा दिदै टोलटाेलमा जनताको घरदैलोमा पुगेको देखिन्छ ।
त्यसैमध्यको एक हो हेटौंडा उपमहनगरपालिका वडा नम्बर ५ । एमालेले यो पटक अफ्नो विरासतलाई निरन्तरता दिने रणनितिका साथ जनताको घरदैलोमा ब्यस्त हुने गरेको छ । त्यसैको निरन्तरता स्वरुप वडा नम्वर –५ का टोल टोलमा पुगेर मतदाताहरुलाई मतदान शिक्षा दिने कार्यक्रमलाई तीव्रताका साथ आजबाट अघि वढाएका छन । बदर मत कम गर्नका लागि ५ नम्वर वडा एमालेका नेता कार्यकर्ताहरु प्रशिक्षक बनेर टोल टोलका मतदाताहरुलाई कसरी मतदान गर्ने भन्ने शिक्षा दिदै आएका छन ।
आज दक्षिणकालि टाेल , महादेव टाेल लगाएत वडा भित्र रहेका विभिन्न टाेलहरुमा उम्मेदवारहरु स्वम उपस्थित भैइ मतदाता शिक्षा दिन खटाइसकेको ५ नम्वर वडाका एमाले तर्फका वडाअध्यक्ष उम्मेद्वार सुसिल घिमिरेले बताए । ‘सबैले मत हाल्न जानेका हुन्छन् भन्ने हुदैन, कतिपय स्थितिमा मतपत्र पट्ाउन नआउँदा पनि मतपत्र बदर हुने संभावना रहने गर्छ ।
५ बर्समा १ पटक हुने निर्वाचनमा आफुले पाएको आधिकारको सहि प्रयोग गर्न सिकाउनु हाम्रो दायित्व पनि भएकोले यसलाई प्राथमिकता साथ लागिपरेको उनले बताए । बिहिवार आफ्नो वडामा घरदैलो कार्यक्रम सकाएको बताउदै उनले भने ” आजबाट मतदाता शिक्षालाई प्राथमिकता दिने अभियानमा छाै । यो अभियान सकेर पुग्न घरदैलो अभियानको क्रममा जान छुटेका घरहरु पुग्ने कार्यक्रम तय भैसकेको उनले बताए । ५ नम्बर वडामा सुशील घिमिरेको नेतृत्वमा सदस्यहरु ज्ञानबहादुर थापा, रामबहादुर राई, रन्जिता सिलवाल, भगवती बि.क चुनावी मैदानमा रहेका छन ।