मकवानपुरगढीमा गठबन्धनका उम्मेदवार सक्रिय, घरदैलो अभियानसँगै मतदाता शिक्षा कार्यक्रम जारी

पालिका डायरी
२३ बैशाख २०७९

 

हेटौंडा /  स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मकवानपुरगढी गाउँपालिकाका उम्मेदवारहरुले घरदैलो अभियान र मतदाता शिक्षा कार्यक्रमलाई तीव्र पारेका छन् ।

शुक्रबार १ नम्वर वडाको विभिन्न स्थानमा घरदैलो कार्यक्रम तथा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिएको हो । मतदातालाई निर्वाचन प्रक्रियामा सहजता होस् भन्ने उद्देश्यले मतदाता शिक्षाको कार्यक्रमलाई तीव्र पारिएको अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले बताए ।

उनले जनतासमक्ष १ नम्वर वडा फास्टट्रयाकसँग जोडिएकोले यस क्षेत्रमा थप सडक सञ्जाल जोडिने, विद्युत, खानेपानीका क्षेत्रमा काम गरिने प्रतिवद्धता व्यक्त गरे । उनले स्थानीय कृषि उपज उत्पादन, पशुपालन, किसानलाई आर्थिक पाटोलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने कार्यक्रमहरु ल्याएर जनताको सेवा गरिने पनि उल्लेख गरे ।

स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमासमेत काम गर्ने भन्दै उनले संयुक्त रुपमा ल्याइएको प्रतिवद्धताहरुलाई पूर्ण रुपमा कार्यान्यन गरिने बताए । घरदैलो गर्ने क्रममा उपाध्यक्ष पदकी उम्मेदवार मानकुमारी पाख्रिनले महिला तथा बालबालिका र युवा लक्षित कार्यक्रम संचालन गरिनुका साथै प्रतिवद्धता पत्रमा उल्लेख भएका प्रतिवद्धताहरु अक्षरस पालना गर्ने बाचा गरिन् ।

घरदैलो कार्यक्रममा वडा अध्यक्ष पदका उम्मेदवार आइत सिं लोले यस अघि उम्मेदवार बन्दा घोषणा गरेका कामहरु गरिएको र थप योजनाहरुलाई पूर्णता दिन आफ्नो पुनः उम्मेदवारी रहेको बताए । उनले वडामा आवश्यक रहेका पूर्वाधारदेखि स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगार तथा वडालाई प्रविधिमैत्री बनाई जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा गठबन्धनका प्रचारप्रसार समिति संयोजक यतिराज सापकोटा, महासमिति सदस्य सुवात सिं थिङ, क्षेत्र २ का संघीय सचिव बलराम घिमिरे, निवर्तमान संगठन विभाग प्रमुख कृष्ण प्रसाद संजेल, पूर्व जिल्ला सदस्य इन्द्र बहादुर गोले लगायतहरुको उपस्थिती रहेको थियो ।

वडा नम्वर एकको रानीसेरा, आँपटार, पिङडाँडा, फुलबारी क्षेत्रहरुमा घरदैलो गरिएको थियो । शनिबार वडा नम्बर ५ सिमलटार हुदैं धादिङ भालुखोलासम्म घरदैलो कार्यक्रमहरु गरिने जनाइएको छ ।

प्रतिक्रिया
received_991549058399024