सुरु भएको तर पुरा नभएको अधुरा काम पुरा गर्नको लागि मेरो पुन उम्मेद्वारी हो ः लामा

पालिका डायरी
२३ बैशाख २०७९, १३:५७
हेटौंडा

रामकुमार दानी

हेटौंडा  / भीमफेदीको जनतालाई चित्त बुझ्ने गरि काम गरेर समृद्ध भीनफेदी गाउँपालिका बनाउने भीमफेदी गाउँपालिकाको नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका अध्यक्ष पदका उम्मेदवार हिदम लामाले बाताए ।

एक कार्यकाल भीमफेदी गाउँपालिकाको अध्यक्ष सम्हालेर सफल भैसकेका लामा पुन अहिले दोस्रो कार्यकालको लागि मैदानमा छन् । निर्वाचनमा मकवानपुरको स्थानीय तह मध्यका एक सक्क्षेम युवा उम्मेदवार सम्म रहेका लामा नेकपा एमाले मकवानपुर जिल्ला कमिटिको उपसचिव पनि हुन । लामालाइ जिल्लामै यक कर्मठ युवा नेता भनेर चिनिन्छ । लामाले अहिले भीमफेदिलाइ जिल्लाकै नमुना पर्यटकिय आगमनको प्रमुख गन्तव्य सहित समृद्ध पालिका बनाउछु भन्दै घरदैलो अभियानमा रहेका छन् । अध्यक्ष उम्मेदवार लामाले आफू निर्वाचित भएमा बेरोजगारी समस्यालाई न्यूनीकरण गरि स्वरोजगार बनाउन सीपमुलक तालिम ब्याबसायिक कृषि प्रणालीमा गाउँपालिका भित्रको युवाहरूलाई प्रोत्साहन गरि भीमफेदिमा रहेका हरेक जातजाती धर्म संस्कृति र परम्पराको कुराहरुलाइ सदैब जोगाउन प्रयत्न गर्ने जानकारी गराएका छन् ।

लामाले अघिल्लो कार्यकालमा पनि आफुले जनतालाई चित बुझ्दो काम गरेकोले अब पाँच वर्षमा जनतालाई अझ चित्त बुझ्नेगरि काम गर्न र आफुले सुरु गरेको अधुरा कामहरुको पूरा गर्नको लागि आफ्नो पुन दोस्रो कार्यकालको लागि उम्मेद्बारी रहेको बताए । हामी काम गर्नको लागि कुनैपनि समयमा पछि पर्दैनौ । जनताको भरोसा र मन जितेको पार्टी नेकपा एमाले जनताकै काम गर्ने पार्र्टीको पक्षबाट म उम्मेदवार भएको हुँ लामाले भने । पालिकाबासीले आफुलाई आर्र्शीवाद दिनुभएको छ । ”म लगायत मेरो समुहको पक्षमा जनता हुनुहुन्छ मलाई विश्वास छ उनले भने ।”

एमालेको तर्फबाट अध्यक्षमा हिदम लामा उपाध्यक्षमा पार्बती राना नेकपा एमालेबाट भीमफेदी गाउँपालिकाको वडा नम्बर १मा पन्चमाया स्याङ्गतन २ मा कासी राम बज्यु ३ प्रकास पौडेल ४ मा सागर पाण्डे ५ मा जाहारसिङ लामा ६ मा सिताराम थापा ७ मा परेमेस्वर राना ८ बिस्णु बहादुर लामा ९ प्रकाश् पुडासैनी वडाअध्यक्षको उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया