गठबन्धनको भ्रम ३० गतेबाट हट्छ – प्रदेश सदस्य खुलाल

पालिका डायरी
२२ बैशाख २०७९, १३:१०
गठबन्धनको भ्रम ३० गतेबाट हट्छ - प्रदेश सदस्य खुलाल

हेटौंडा: नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले गठबन्धनले पालेर हिडेको भ्रम बैशाख ३० गतेबाट हट्ने बताउनुभएको छ । हेटौंडा-१६ मा एमालेको प्रचार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कुनै योजना बिना नै गठबन्धन चुनाव जित्ने कुरा गर्दै हिडिरहेको भन्नुहुँदै उहाँले जनताले बैशाख ३० गते गठबन्धनलाई पराजित गरेर तिनिहरुको भ्रम तोडिदिने समेत बताउनुभयो ।

अन्य कुनै पनि पार्टी नेकपा एमालेसँग एक्लाएक्लै लड्न नसक्ने भएकाले अहिले देशकै सबैभन्दा बलियो शक्तिको रुपमा संस्थागत रुपमा चल्ने एक मात्र पार्टी एमाले नै भएको पनि उहाँले दाबी गर्नुभयो । उहाँले जनताको भोट पाउन राजनीतिक दलको योजनाहरु जनताले मन पराउन पर्ने भएकाले सके आफ्नो राम्रो योजना बनाएर जनताको बिचमा आउन आग्रह समेत गर्नुभएको छ । आफुले योजना ल्याउन नसक्ने अनि एमालेप्रती जनताको माया पनि देखिनसहनेहरुले एमाले हराउन ५ ओटा दल मिलेर आउनुको कुनै औचित्य नभएको समेत पुष्टि गर्नुभयो ।

प्रतिक्रिया