थाहा नगर प्रमुख बिष्टले दिए राजिनामा

पालिका डायरी
२२ बैशाख २०७९, १३:०५
थाहाका नगर प्रमुख बिष्टले दिए राजिनामा

हेटौंडा /  थाहा नगरका मेयर लवशेर बिष्टले राजीनामा दिएका छन् । बिहीबार दिउँसो मेयर बिष्टले उपमेयर खड्ग गोपालीसमक्ष राजीनामा दिएका हुन् । आसन्न निर्वाचनका लागि पार्टीको चुनाव प्रचारप्रसारमा लाग्न आचारसंहिता बाधक भएकोले राजीनामा दिएको नगरप्रमुख बिष्टले बताएका छन् ।

नगरप्रमुख पदमा रहेर पार्टीको कार्यक्रममा हिड्न आचारसंहिताले नदिएका कारण राजीनामा दिइएको हो । माओवादी केन्द्रका आधिकारिक उमेद्वार बिष्णु बिष्ट आदर्शलाई आगामी बैशाख ३० मा हुने निर्वाचनमा जिताउनका लागि उनले चुनावी सभामा सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया