वडाको अधुरा विकास पुरागर्न मेरो उम्मेदवारी : भण्डारी

पालिका डायरी
२२ बैशाख २०७९, ०८:४५
वडाको अधुरा विकास पुरागर्न मेरो उम्मेदवारी ः भण्डारी

हेटौंडा / हेटौंडा–९ मा एमालेबाट आसन्न स्थानीय तहका उम्मेदवारहरुले वडाको अधुरा विकास पुरा गर्ने पहिलो प्राथमिक्ता भएको जनाएका छन् । दोस्रो चरणको चुनावी अभियान तिब्र पारेको एमाले ९ नम्बर वडाले घरदैलो कार्यक्रमका क्रममा वडाको अधुरा विकाससंगै, रोजगारीलाई पहिलो प्राथमिक्तामा राखेको जनाएको छ ।

पहिलो चरणमा टोलगत रुपमा अभियान सञ्चालन गरेको वडामा दोस्रो चरणमा वडाका प्रत्येक घरघरमा पुगेर जनताको मन जितिरहेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वडा नम्बर ९ मा एमालेबाट उम्मेदवारी दिएका अध्यक्षलगायत सदस्यहरु, प्रदेश, जिल्ला, नगर, वडा र टोल तहका नेता कार्यकर्तालगायत घरदैलोमा पुगेका छन् । उम्मेदवारहरुले अघिल्लो पटकमा भएका विकासलाई हेर्दै अधुरा योजना पुरा गर्न पुन मतदान गर्न आग्रह गरेका छन् । वडाको अधुरो विकास आफ्नो पहिलो प्राथमिक्ता रहेको प्रतिबद्धतासहित उम्मेदवारहरु घरदैलोमा पुगेका छन् ।

 

प्रतिक्रिया