नेकपा एमालेसँग मात्र समाज र गाउँ परिवर्तनको भिजन छ : अध्यक्ष पदको उम्मेदवार लामा

पालिका डायरी
२१ बैशाख २०७९, २१:१४
नेकपा एमालेसँग मात्र समाज र गाउँ परिवर्तनको भिजन छ : अध्यक्ष पदको उम्मेदवार लामा

हेटौंडा /  नेकपा एमालेको तर्फबाट भीमफेदी गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदका उम्मेद्वार जहार सिंह लामाले नेकपा एमालेसँग मात्र समाज र गाउँ परिवर्तनको भिजन भएको बताएका छन् । चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा लामाले भीमफेदिमा एमालेले चुनाव जित्दा मात्र विकासले फड्को मारेको बताए ।

भीमफेदी गाउँपालिकाको सन्र्दभमा यहाँको विकास एमालेको कारण मात्र संभव भएको उनले भने गाउँपालिकाको यस वडालाई थप विकासगरी परिवर्तन गर्नको लागि फेरी एमालेलाई जिताउन पर्ने बताए । अन्य राजनीतिक दलको सरकार भएको समयमा गफ मात्र हुने र हाम्रो गाउँलेले जहिल्यै समस्या भोग्नु परेको भन्दै उनले यो भन्दा अगाडी पनि एमालेले जितेका कारण उल्लेख्य विकास भएको बताए ।
भीमफेदीमा विकासको लहर एमालेको कारण आएको हो भन्दै भीमफेदिको यस पाँच नम्बर वडालाई मकवानपुर जिल्लाकै उत्कृष्ट वडा बनाउने काम एमालेको भयको र त्यस्का लागि चुनाव चिन्ह सुर्यमा भोट हाल्न मतदातालाई लामाले अनुरोध गरेका छन् ।

प्रतिक्रिया