नेकपा एमाले हेटौंडा उपमहानगर १६ नं. वडाको घरदैलो सम्पन्न

हेटाैंडा / आसन्न स्थानिय तह निर्वाचनको लागि आफ्ना उम्मेदवारहरुलाई मत माग्दै नेकपा एमाले हेटौडा उपमहानगर १६ नं. वडा कमिटिले ५ जना उम्मेदवारहरु सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
मतदाताबाट आफुहरुले माया सद्भाव प्राप्त गरेको र बैशाख ३० गते हुने मतदानबाट आफ्ना उम्मेदवारहरु भारि मतले बिजय हुनेमा ढुक्क रहेको हेटौंडा उपमहानगर कमिटि सचिवालय सदस्य एवं वडा ईञ्चार्ज राज कुमार बास्तोलाले बताउनु भयो । साथै बैशाख २२ गते बिहान ७:०० बजे १६ नं. वडाको चिसापानि चोकमा मेयर र उपमेयर सहितको वडा स्तरीय चुनावी सभाको तयारी पूरा भएको समेत ईञ्चार्ज बास्तोलाले बताउनु भयो ।
प्रतिक्रिया