एमालेमै फर्किए भीमफेदीका प्रभावशाली नेता देवलाल गोले

पालिका डायरी
२० बैशाख २०७९, २१:०३
एमालेमै फर्किए भीमफेदीका प्रभावशाली नेता देवलाल गोले

हेटौंंडा / मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीका पुराना एवम् प्रभावशाली नेता देवलाल गोले नेकपा एमालेमा फर्किनुभएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै गोले नेकपा (एकिकृत) पार्टी छाडेर मातृपार्टी एमालेमै फर्किनु भएकाे हो ।

भीमफेदी गाउँपालिका वडा नम्बर १ निवासी गोलेले विज्ञप्ती मार्फत नेकपा एकिकृतको जिल्ला कमिटी समदस्य र पार्टीको साधारण सदस्यबाट समेत राजिनामा दिई आफ्नो मातृ पार्टी नेकपा एमालेमा समाहित भएको जानकारी गराउनु भएको छ । माधव नेपाल समूहको संगठन निर्माणमा लाग्नु भएका उहाँ एकाएक एमालेमा फर्केपछि समाजवादीका नेताहरू आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया