भत्ता लिन भीमफेदी सम्म जानुपर्ने समस्याको हल गर्नेछु वडा अध्यक्षका उम्मेदवार लामा

पालिका डायरी
२० बैशाख २०७९, १७:०५

हेटौंंडा / आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै भीमफेदी वडा नम्बर ८ अध्यक्षका उम्मेदवार बिष्णु लामाले आफ्नो घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । आफुले चुनाब जिते यस वडाका बा आमाले खादै आउनु भएको बृद्ध (सामाजिक सुरक्षा) भत्ता इपाको वडा कार्यलय लगायत पाएक पर्ने ठाउँबाट बितरण गरि बृद्ध बा आमाहरु भीमफेदी सम्म जानुपर्ने समस्याको हलगर्ने छु लामले भने ।

लामा भीमफेदी गाउँपालिका वडा नम्बर ८ का नेकपा एमाले तर्फका अध्यक्ष पदका उम्मेदवार हुन् । युवा उम्मेदवार लामा एक त्यागी र बौद्धिक ब्यक्तीका रुपमा परिचित छन् । उनी स्वर्र्गीय वीर बहादुर लामाको पाला देखिनै साबिक इपा पन्चकन्या गाबिस हुदा देखि र १० बर्से माओवादी जनआन्दोलनमा पनि नेकपा एमालेको गहन भुमिकामा अडिक भएर बसेका थिए । हिजो त्यो समय जुन दिन माओवादीले फरक पार्टी भनेपछी गाउँ निकाला गर्ने समयमा पनि लामाले इपा बासिको बिकाश र जनताको सेवाको लागि अबरात्र खटेका लामाले आज पहिलोचोटी जनप्रतिनिधिको रुपमा उम्मेद्वारी दिएका छन् । लामाले भनेका छन मैले द्वन्दकाल् देखी यहाँका जनता सङ्गसङ्गै हातेमालो गरेका कारण मैले चुनाव जित्ने पाक्का छ ।

लामाले आफु जनप्रतिनिधी नहुदा पनि पार्टिले जिम्मेवारी दियको कारण सधै यहाँको कुना कन्दरामा पुगेर काम गरेको बताउछन् । अहिले मलाई हराउन भनेर गठबन्धन्को तर्फबाट एउटा टुरिष्ट उमेदवार खडा गरेका छन् । त्यो टुरिष्ट उमेदवार आफै असफल हुने पनि ठोकुवा गरे । उनले तपाईं कस्तो योजना लियर वडा अध्यक्ष पदमा चुनाव उठ्दै हुनुहुन्छ ? भन्ने प्रश्नमा लामाले भने मैले बिगत दुई दशक देखि इपाको समग्र बिकासमा समर्पित छु इपामा जतिपनी परिवर्तन भएको छ नेकपा एमालेको कारणले भएको छ । येसैले यहाँ हाम्रो भिजनबाट सुरु भएको अधुरो योजनाहरु पूरा गर्ने जनताको प्रत्यक्ष आर्थिक उन्नतिका कामहरु अगाडि बढाउने शिक्षा स्वास्थ खानेपानी बाटो बत्ती लगाएका काममा कहिले अबरोध नहुने गरि ब्यवस्थित गर्नेछु लामले भने ।

प्रतिक्रिया