समग्र विकासकाे लागि एमाले नै चाहिन्छ : श्रेष्ठ

पालिका डायरी
२० बैशाख २०७९, १३:२४
समग्र विकासकाे लागि एमाले नै चाहिन्छ : श्रेष्ठ

हेटाै‌डा /  नेकपा एमाले केन्द्रीय सदस्य जुनेली श्रेष्ठले आफूले चाहेर पनि स्थानीय तहको विकास चाहेजति गर्न नसकेको बताएकी छिन् ।

निर्वाचन लक्ष्यित चुनावी सभालाई सम्बोधन गर्दै उनले हेटौंडाको पदमपोखरीमा यस्तो बताएकी हुन् । आर्थिक उपार्जन, महिला सशक्तीकरण तथा मानवीय विकासको योजना लिएर एमाले अघि बढेको उनले बताइन् । एमाले आशा देखाउने भन्दा पनि काम गरेर देखाउने पार्टी भएको उनले बताइन् । आफ्नो टोल आफैं बनाउन आफ्नो समुदायबाट नेतृत्व गर्ने स्थानीय मतदाताले नै चनाखो भएर सुर्य चिन्हमा मतदान गर्ने उनले आग्रह गरिन ।

एमाले वडा कमिटीले आयोजना गरेको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य भारती पाठकले कृषि, वनलगायतको व्यवस्थापन र विकासमा एमालेको विशेष योजनामा रहेको बताइन् । पदमपोखरी क्षेत्रमा मध्यवर्ती क्षेत्रको समस्या समाधानमा पहल एमालेले गर्ने पाठकले बताइन् । महिलाको सर्वपक्षीय विकास गर्न पनि स्थानीय नेतृत्वमा एमाले कै नेतृत्व चाहिने पाठकले बताइन् ।

No description available.
कार्यक्रमा एमाले नेता श्रीधर पोखरेलले हेटौंडा नगरमा गठबन्धनले जिते भ्रष्टाचार बढ्ने छ भन्दै आशा र सर्तको पछि लागेर गठबन्धनलाई सहयोग नगर्न अनुरोध गरे । “एमाले प्रतिबद्धता लिएर नेतृत्वमा जान्छ, काम गरेर देखाउछ, अधुरा विकास पुरा गर्ने एमालेले गर्ने छ, युवालाई बिदेश हैन, आफ्नै माटोमा सुन फलाउन सिपालु बनाउने छ” पोखरेलले भने । चुनावी सभामा हेटौंडा उपमहानगरपालिकामा एमालेबाट मेयर र उपमेरका उम्मेदवारहरु अनन्त पौडेल र सुमित्रा काफ्लेले आफूहरुको जित सुनिश्चित भएकोले कार्यकर्ताहरुलाई संयमित भएर मत बदर नहुने गरी मतदान गर्न आग्रह गरे । हेटौंडा उपमहानगरपालिका वडा न. १२ का एमाले वडा अध्यक्ष बखानसिंह घलानको अध्यक्षतामा वडाको बराल टोल, सिग्रनी, मिलनटोललगायत विभिन्न ८ स्थानमा कोण सभा तथा कार्यकर्ता भेटबाघ कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया