वडा सदस्य पदमा विजयी भए तलब वापतको सबै रकम जनताको स्वास्थ बीमामा खर्चिन्छु : जयबहादुर तितुङ

पालिका डायरी
२० बैशाख २०७९
वडा सदस्य पदमा विजयी भए तलब वापतको सबै रकम जनताको स्वास्थ बीमामा खर्चिन्छु : जयबहादुर तितुङ

वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा हुँदैछ । मतदाताहरु सँग मत माग्नको लागि राजनीतिक दलहरु जनताको घर दैलो कार्यक्रम गरिरहेका छन् । त्यस्तै आफ्नो प्रतिबद्धता पत्रहरु जनता सामु पुर्याउँदै मत मागिरहेका छन् । यसै क्रममा राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य पदका उम्मदवार जयबहादुर तितुङ आफूले वडा सदस्यमा जित हाँसिल गरे यो जित जनताको हुने बताउँछन् । ‘यो जित मेरो भन्दा पनि जनताको भएको ठान्ने छु,’ उनले भने ।

तितुङ यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि वडा सदस्य पदमा विजयी भएका थिए । पाँच बर्षको अवधिमा ८ नम्बर वडामा भएको विकासमा आफ्नो योगदान रहेको बताउँदै अब फेरी अवसर पाए अझै विकासका कामहरु गर्ने बताए । नेपाली कांग्रेस मकवानपुरका जिल्ला कमिटि सदस्य समेत रहेका उनी अबको कार्यकालमा उनले बार्षिक तलब वापत ८८ हजार ८ सय रुपैंया राक्सिराङको ८ नम्बर वडाका नागरिकहरुको निः शुल्क बीमामा गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘जिल्लाकै विकट मानिने राक्सिराङ गाउँपालिकाको ८ नम्बर वडाका नागरिकहरु स्वास्थ्य उपचारमा समस्या झेल्दै आएको र उपचारको अभावमा धेरैले ज्यान गुमाउनु पर्ने स्थिती रहेको कारण यो निर्णय गरेको हुँ,’ तितुङल भने ।

उनले भने  मासिक ७ हजार ४ सय रुपैंया तलबले बार्षीक ८८ हजार ८ सय रुपैंया हुन आउने र त्यस रकमले पुग्ने जतिलाई निशुल्क   स्वास्थ्य बीमा गराउनेछु । त्यही भएर प्रत्येक बर्षको सो रकम जनताको स्वास्थ्य बीमामा नै खर्च गर्ने छु । विपन्न, सिमान्तकृत, अल्पसंख्यक लगाएतका वडाका नागरिकहरुको स्वास्थ्य बीमा गराउने प्र्रतिबद्धता लिएको छु । आसन्न निर्वाचनमा ८ नम्बर वडाको सदस्य पदका उम्मेदवार तितुङलाई रुख चिन्हमा मतदान गरेर जिताए सरकारबाट मासिक तलबमा पाएको एक रुपैंया पनि व्यक्तिगत प्रायोजनमा खर्च नगरी वडाको नागरिकको लागि खर्चिने ८ नम्बर वडाका वडा अध्यक्ष पदका उम्मेदवार तितुङ बताउँछन् ।

प्रतिक्रिया