नगरको समग्र बिकास गर्न गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराऔं : बिष्णु बिष्ट ‘आदर्श´

पालिका डायरी
२० बैशाख २०७९, ०९:५९

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि थाहा नगरपालिकाका प्रमुख(मेयर)का उम्मेवार बिष्णु बिष्ट ‘आदर्श’ले थाहा नगरको सबै भुगोलसंग परिचित भएको बताउनुभयो ।

मेयरका उम्मेदवार बिष्टले आफु नगरका सबै नागरिकको सुखदुःखमा सधै संगै भएकोले थाहा नगरका सबै मतदाताले आफुलाई मतदान गरी बिजयी बनाउनेमा विश्वस्त रहेको बताउनुभयो ।

निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवार बिष्टले मतदाताहरुसंगको भेटघाट र अन्तरक्रिया कार्यक्रमका क्रममा नगरको समग्र बिकासको लागि गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन अनुरोध गर्नुभयो ।

यसैगरि सोमबार थाहा ७ को बिभिन्न स्थानमा भएको अन्तरक्रिया कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रममा पार्टीको निति, योजना र कार्यक्रमको बारेमा समेत जानकारी दिईएको थियो ।

सत्ता गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बिष्ट नेकपा माओवादी केन्द्रका बागमति प्रदेश सचिवालय सदस्य तथा थाहा नगर इन्चार्ज हुनुहुन्छ ।
गथबन्धनकै तर्फबाट नेपाली काङ्ग्रेसका भरत गोपाली नगर उपप्रमुख (उपमेयर) पदमा उम्मेदवार हुनुहुन्छ ।

चुनाबी अभियान तथा घरदैलो कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा थाहा नगर निर्वाचन कमाण्डका संयोजक सन्तोष बिष्ट, निवर्तमान नगर अध्यक्ष अरुण रायमाझी लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो  ।

प्रतिक्रिया