एमाले मनहरीलाई घरदैलो कार्यक्रममा बृद्ध बा आमाहरुले दिए आशिर्बाद

पालिका डायरी
१९ बैशाख २०७९
एमाले मनहरीलाई घरदैलो कार्यक्रममा बृद्ध बा आमाहरुले दिए आशिर्बाद

राम कुमार दानी

हेटौंडा /  आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधी बन्ने दौडमा देशका सबै उम्मेदवार घरदैलो अभियानसँगै चुनावी प्रचार प्रसारमा तिब्र रुपमा सक्रिय बनेका छन् ।

देशैभर नेकपा एमालेले पाँच दलीय गठबन्धन सँग प्रतिष्पर्धा गर्दैछ । देशकै ठुलो दल भएपनी गठबन्धनका उम्मेदवारलाई पराजित गर्न एमालेलाई केही चुनौती भने पक्कै छ यसैबीच पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा एमालेका उम्मेदवारले पनि आफ्नो चुनावी प्रचारप्रसारलाई तीब्रता दिइरहेका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार एकराज उप्रेती, उपाध्यक्षका उम्मेदवार सुजिता थिङ मनहरीका वडाहरुमा घरदैलो गरिरहेका छन् ।

एमाले मनहरीले आफ्नो चुनाबी प्रचार प्रसार कार्यक्रमलाई तिब्र पारेको छ चुनाव नजिकिय सङ्गै मनहरिका बिभिन्न वडामा घरदैलो कार्यक्रम गरिरहेको छ । कार्यक्रममा मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदका उमेदवार सङ्गै मनहरी एमाले पालिका कमिटिका अध्यक्ष तथा प्रतिनिधिहरु कार्यकर्ताहरु सुभचिन्तकहरु सम्बन्धित वडाका वडा अध्यक्ष पदका उमेदवार लगाएत अन्य उमेदवारहरु वडाका नेता नेकपा एमालेका केन्द्रिय नेता तथा केन्द्रिय सल्लाहकार पुर्ब मुख्यमन्त्री डोरमर्णी पौडेल लागाएतको उत्साहजनक उपस्थिती रहेको थियो ।

एमाले मनहरीले गरेको घरदैलो कार्यक्रममा युवा बृद्द महिलाहरुले टीका तथा खादा लगाएर जितको अगृम सुभकामना दिइरहेका छ्न प्रचार प्रसारमा गएका अध्यक्ष र उपाध्यक्षका उमेदवारलाई बृद्ध अवश्थाका बा आमाहरुले जितको माला लगाउन भन्दै आशिर्वाद दिएका छन् ।

प्रतिक्रिया
279269860_414114500547978_5849558368409761847_n