गठबन्धनले पुरुषलाई हावी गराएको कारण मेरो जित निश्चित छ उपाध्यक्ष पदको उम्मेद्वार राना

पालिका डायरी
१९ बैशाख २०७९, ०७:२९

हेटौंडा /  नेकपा एमाले मकवानपुरकी महिला नेत्री नेकपा एमाले पार्टी  जिल्लाकमिटी सचिवालय सदस्य तथा भीमफेदी गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार  पार्वती रानाले भीमफेदी गाउँपालिकामा एमालेको जित पक्का  हुने कुरा बताएकी छिन । आज पालिका डायरी सँगको कुराकानीमा  रानाले भीमफेदिमा एमालेले चुनाव जित्नेमा  दुई मत नभएको बताएकि हुन ।

भीमफेदी गाउँपालीकाकी  निबर्तमान उपाध्यक्ष समेत रहेकी  रानाले  भीमफेदिमा नेकपा एमालेले जनताले भने अनुसारको बिकास  भएको छ हिजो भएको भीमफेदिको बिकाशको प्रभावले पनि यहाँका ९ वटा  वडाको जनताले सुर्यमा भोट हाल्ने रानाले बताइन ।

तेस्तै राज्यले हरेक स्थानीय निकायमा प्रमुख र उपप्रमुख पद मध्य एक पद अनिवार्य महिला हुनु पर्ने  संबैधानिक ब्यबस्था छ यहाँ भीमफेदिमा हाम्रो पार्टी  नेकपा एमालेले मात्र समाबेसीको आधारमा उमेदवार बनाएको छ तेसैले हाम्रो जित पक्का छ उनले भनिन । आफू हिजो पनि उपाध्यक्ष हुदा यहाको जनतासङ्ग प्रत्यक्ष जोडिएको छु उपाध्यक्षनै गाउँपालिकाको न्यायिक समितिको सम्योजक हुने संबैधानिक ब्यबस्था अनुसार मैले यहाको दिदी बहिनीहरु सङ्ग बसेर थुप्रै विवादहरु समाधान गरेको छु र भोलि पनि यस्ता विवादहरुको लागि हामी महिलाको आवश्यक  हुन्छ त्यो भीमफेदिमा एमालेले महिलाको  उमेदवार छ रानाले भनिन । उनले गठबन्धनले दुबै पदमा पुरुषवाद लागु गरेको कारण आफुले चुनाव जित्ने कुरा जानकारी गराइन ।

आफु पदमा हुदा  या नहुदा यहाको महिला दिदीबहिनीको हरेक सुख दुःखमा साथ दियको छु तेसैले पनि मेरो जित निस्चित छ उनले भनिन । उनले गठबन्धनको मान्छेले महिलाले पाउनु पर्ने अधिकरबाट हामी महिलालाइ बन्चित गरेको छ । तपाईं गठबन्धनमा आवद्ध रहेको महिला दिदिबहिनीहरुले पनि सोच बिचार गरेर नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा  मत हाल्न आग्रह गरिन उनले महिलाको अधिकार नेकपा एमालेले  जिते मात्र पुरा हुने  बताइन रानाले  आफुले अघिल्लो कार्यकालमा गरेको कामको बलियो प्रभाबले पनि मतदातामा म प्रती बिश्वास बढेको छ उनले भनिन ।

प्रतिक्रिया