नेकपा एमाले अध्यक्ष ओलीले भने, २४ लाख कोरोनाको खोप क्याप्सुल निले जसरी निल्यो

पालिका डायरी
१८ बैशाख २०७९, १९:४७

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकार कमिसनको लोभमा फसेर अर्बौ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् ।
मे दिवसको सन्दर्भ पारेर आइतबार हेटौंडामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको बताए । ‘अर्बौको औषधी, सिटी स्क्यान, एक्स रे मेसिन खरिद गर्ने तयारी भइरहेको छ । कुनै अस्पताल, डाक्टरलाई चाहिएर खरिद गर्न लागिएको होइन । कमिसन चाहिएर खरिद गर्न लागिएको हो ।’, उनले स्वास्थ्य मन्त्री विरोध खतिवडाप्रति लक्षित गर्दै २४ लाख कोरोना भ्याक्सिन हराएको विषयमा समेत टिप्पणी गरे । ‘२४ लाख कोरोनाको भ्याक्सिन क्याप्सुल निले जसरी स्वाट्टै निल्यो । अब अर्बौैको औषधी खरिद हुँदैछ, उनले भने । ’

उनले सत्तारुढ गठबन्धन विकास गर्न नभएर सरकरा देशलाई कंगाल पार्न जन्मिएको आरोप लगाए । ‘यो सरकार खानलाई जन्मिएको हो । विकास गर्न होइन’, ओलीले भने । सत्तारुढ गठबन्धन बाध्यताले चुनाव गर्न थालेको उनले बताए । ‘सरकार अझै पनि चुनाव विथोल्न खोजिरहेको छ । १२ दिनपछि चुनाव हुँदैछ । तर, गठबन्धन चुनाव हुन नदिने बहान खोजिरहेको छ ।’, उनले संविधान अनुसार दुई महिना अगाडि फागुनमा हुनुपर्ने बताए । ‘गठबन्धन संविधानको पालना गर्ने सरकार भए फागुनमै चुनाव हुन्थ्यो ।’, उनले थपे ।

ओलीले आफ्नो दलले जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने दावी समेत गरेका छन्् । उनले अहिलेको गठबन्धन सरकार परामेदशबाट निर्माण भएको टिप्पणी गरे । ‘हामी परामदेशको जवाफ जनादेशबाट दिन्छौं । हामी जनमतबाटै तीन तहको सरकार बनाउँछौं ।’, उनले देशभर एमालेमा देखिएको उत्साहका कारण सत्तागठबन्धन आतंकित भएको टिप्पणी गरे । ‘स्थानीय तहको निर्वाचन नजिकिरहँदा हाम्रा कार्यकर्तामा उत्साह भरिएको छ । हामीलाई सिध्याउन निर्माण भएको गठबन्धन त्रसित अवस्थामा पुगेको छ ।’
ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने,‘कांग्रेसको देश बनाउने नीति नै छैन । एमालेलाई धारे हात लगाउने मात्र हो ।’ कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेर जारी गरेको घोषणा पत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखिएको उनले बताए । ‘कांग्रेसको घोषणापत्रमा कांग्रेस सभापतिको नाम ८ ठाउँमा मात्र छ । मेरो नाम ४२ ठाउँमा छ । १०८ ठाउँमा हुनुपर्ने थियो ।’, उनले कार्यकर्तालाई वैशाख ३० गतेको निर्वाचनमा सत्ता गठबन्धनलाई पाहा पछारे जसरी पछारेर मात्र निदाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया