समाजवादी छोडेका पोखरेल एमालेको घरदैलो कार्यक्रममा व्यस्त

पालिका डायरी
१८ बैशाख २०७९, १२:२७
हेटौंडा / समाजवादी छोडेका पोखरेल एमालेको घरदैलो कार्यक्रममा व्यस्त (तस्वीरहरु) नेकपा (एकिकृत समाजवादी) मकवानपुरका जिल्ला अध्यक्षबाट राजीनामा दिएर नेकपा एमाले प्रवेश श्रीधर पोखरेल चुनावी प्रचारप्रसारमा जुटेका छन् ।
पोखरेललाई काठमाण्डौँमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले टिका लगाएर एमालेमा स्वागत गराएका हुन् । समाजवादीमा ब्यक्तिवाद हाबी भएको र समाजवादीलाई प्रालि बनाईएको भन्दै पोखरेल सहितका नेताहरुले पार्टी परित्याग गरेका थिए ।
बुधबार पत्रकार सम्मेलन गर्दै एसबाट राजिनामाको घोषणा गरेर केहि समय स्वतन्त्ररहने बताएका पोखरेलले बिहिबार नै एमाले अध्यक्ष ओलीसँग एमाले प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरे लगतै श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचार प्रसारमा सहभागि भएका छन् । उनी शुक्रबार हेटौंडा–५ मा भएको नेकपा एमालेको प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा सहभागी भएका हुन् । एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेसहित वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरुलाई शुभकामना दिदैं निर्वानमा दिल खोलेर लागिपर्ने समेत बताए ।
प्रतिक्रिया