यस कारण भीमफेदीमा एमालेको जित पक्का छ ः अध्यक्ष पदको उम्मेदवार लामा

हेटौंडा / नेकपा एमाले मकवानपुरका उपसचिव तथा भीमफेदी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार हिदम लामाले भीमफेदी गाउँपालिकामा एमालेको जित सुनिश्चित हुने कुरा बताएका छन् । पालिका डायरी सँगको कुराकानीमा लामाले चुनाव जित्ने विभिन्न आधारहरु बताएका हुन ।
भीमफेदी गाउँपालीकाको निबर्तमान अध्यक्ष समेत रहेका लामाले भीमफेदीमा नेकपा एमालेको पार्टि सदस्यको संख्या नै चुनाब जित्ने बलियो आधार भएको बताएका छन् । लामाले आफुले अघिल्लो कार्यकालमा गरेको कामको प्रभाबले पनि मतदातामा म प्रती बिश्वास जागेको छ उनले भने मैले अहिले आउदा पनि जनताको माझमा जनताले प्रत्यक्ष लाभ पाउने प्रतिबद्धता पत्र लियर आएको छु त्यो सनुसमा राख्नी हैन आफ्नो बगलिमा राख्न पनि जनतालाई आग्रह गरेका छन् उनले यदि मैले चुनाव जिते भनी बुदागत रुपमा हेरेर मैले त्यो भनेको काम गरिन भनी म तपाई जनताले जे भन्नु हुन्छ त्यो गर्न पनि तयार छु । उनले भने आफुले पहिलेको चुनाबमा आउदा पनि यस्तै जनतालाई भनेको प्रतिबद्धता पुरा गरेको कारण अहिले पनि एमालेको जित सुनिश्चित रहेको बताएका छन् ।
त्यसैगरी पार्टि सङ्गठन मजबुत भएको कारण पार्टिका कार्यकर्ताहरु मजबुत भएको हुदा एमालेले जित्नेकुरामा दुईमत नभएको ठोकुवा समेत गरे । त्यसैगरी अघिल्लो निर्वाचनमा अध्यक्ष उपाध्यक्ष ६ वटा वडाहरुमा सबै प्यानल सहित सबै सिट जितेको हुदा यसपालिको निर्वाचनमा जाती,भुगोल र लैङ्गगिक हिसाबले उम्मेदवारहरु बनाएको छौ त्यसैले उचित हिसाबले उम्मेदवार चयन गरेको हुदा पनि चुनाब जित्ने मुख्य आधार रहेको अध्यक्ष पदको उमेदवार लामाले बताए