दोस्रो दिन पिप्लेको विभिन्न टोलमा घरदैलो स्थानीय समस्या अनुसारको सम्बोधन गर्ने उद्घाेष

पालिका डायरी
१५ बैशाख २०७९, १६:१५

हेटाैंडा / नेकपा एमालेले चुनावि एजेण्डा सहित घरदैलो कार्यक्रमलाई जारी राखेको छ ।
आसन्न स्थानीय तह निर्वाचन – २०७९ प्रचारप्रसारको क्रममा नेकपा एमाले हेटौंडा ५ वडा कमिटीले आज हेटौंडा पिप्लेको विभिन्न चोकमा घरदैलो गरेको हो ।

वडा शैक्षिक विकास, युवा तथा महिला सशक्तिकरण, वृद्धवृद्धाहरुको लागि उपयुक्त सम्मानजन कार्ययोजनाहरुबारेको प्रतिबद्धता सहित उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरेका हुन् ।

विहीबार हेटौंडा ५ को सितानगर, बनदेबी, नविन टोल, सचेत टाले, स्कुल रोडलगायतमा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको नेकपा एमाले वडा सचिव सुरेश लामिछानेले बताए । आफ्नै घरदैलोमा आफ्नो वडाको प्रतिनिधिको उम्मेदवारलाई भेटेपछि स्थानीयवासीले स्थानीय समस्या सुनाउँदै साथ साथमा विकासको अपेक्षा राखेको बताएका थिए ।

प्रतिक्रिया