हेटौंडा ११ सरस्वतीमा परिचयात्मक कार्यक्रम सम्पन्न

पालिका डायरी
१५ बैशाख २०७९, १२:४५
हेटौंडा ११ सरस्वतीमा परिचयात्मक कार्यक्रम सम्पन्न

बासुदेव बिष्ट

हेटौंडा  / वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बिहिबार बिहान हेटौंडा ११ सरस्वतीमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वडा कमिटि अध्यक्ष श्रीकृष्ण कार्कीको अध्यक्षता तथा नेकपा एमालकोे केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा नेकपा एमाले ११ नम्बर वडा कमिटीका अध्यक्ष कृष्ण प्रसाद उप्रेती, ११ नम्बर वडाका वडाध्यक्ष तथा चुनावी प्रचारप्रसार मितिका संयोजक गोकर्ण पराजुली, ११ नम्बर वडा अध्यक्षको उम्मेदवार जुना दाहाल, वडाका सबै उमेदवार लगाएत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले एमाले जनताको बाटोमा हिडिरहेको बताए । सुखी नेपाली सम्मृद्व नेपाल बनाउने सपना परमादेशको सरकारले गर्दा अपुरो रहेको र एमालेको सरकारले पुरा गर्ने भएकाले सबैलाई सुर्यमा मतदान गर्न समेत आग्रह गरे ।

हेटौंडा ११ सरस्वतीमा परिचयात्मक कार्यक्रम सम्पन्न

यस्तै नेकपा एमालेको ११ नम्बर वडाध्यक्षको उम्मेदवार जुना दहालले अघिल्लो कार्यकालमा वडा सदस्य रहेर विभिन्न खाले विकास निर्माणका कामहरु गरेको र अब आउने चनाबमा आफुलाई मतदान गरी विजय गराएमा बिकास निर्माण, महिला, बालवालिका, युवा लगायत सम्पुर्णलाइ आर्थिक सँग जोडेर लैजाने कार्यक्रम ल्याउने प्रतिबद्वता समेत ब्यक्त गरिन् ।

यस्तै परिचयात्मक कार्यक्रमका सभाध्यक्ष तथा टोल कमिटिका अध्यक्ष श्रीकृष्ण कार्कीले हामिले सही मान्छे चुन्न सकेउ भनेमात्र हामिले चाहेको जस्तो टोल सहर बनाउन सकिने हुँदा आउँदो चुनावमा हामिले चाहे जस्तो उम्मेदवार पाएकाले सुर्यमा मतदान गर्न आग्रह गरे ।

प्रतिक्रिया