भीमफेदीमा एमालेको प्रतिबद्धता पत्र सार्बजनिक

पालिका डायरी
१४ बैशाख २०७९, २२:५३

हेटौंडा / भीमफेदी गाउँपालिकाको अध्यक्ष पदको उमेदवार हिदम लामाले मकवानपुरको १० वटा स्थानीय निकाय मध्यको नमुना स्थानीय निकाय बनाउने उद्घोष गरेका छन । आफुले तयार पारेको प्रतिबद्धता पत्र सार्बजनिक गरेका लामाले भीमफेदिको जनताले छाम्दा भेटिने बोलाउदा सुनिने हेर्दा देखिने खालको बिकास गरि सुखी भीमफेदीका जनता समृद्ध भीमफेदी गाउँपालिका बनाउने प्रतिबद्धता ब्यक्त गरेका छ्न् ।

प्रदेशको राजधानीको सदरमुकाम सङ्ग जोडियको यो भीमफेदी हेर्दा जति सहज देखिन्छ त्यो भन्दा फरक रहेको बताएका छन् उनले अब आफू यस गाउँपालिकामा जित्दै अघिल्लो कार्यकालमा गर्न बाकी रहेको आवश्यक पूर्वाधार, फराकिलो सडक, खेलकुद, खुल्ला स्थान लगाएतको क्षेत्रमा काम गर्न बैशाख ३० गतेको निर्वाचनमा एमालेका सबै उम्मेद्वारलाई बिजयी गराउन उहाँले गाउँपालिकाको सबै मतदाताहरुलाई आग्रह गरेका छ्न ।

एमालेले लिएको सुखि नेपाली समृद्ध नेपालको नारालाई लक्ष्य बनाई अघि बढेको भन्दै उनले भीमफेदीको समग्र क्षेत्रलाई विकास गरी साँच्चै भीमफेदिलाइ परिवर्तन गरेर देखाउनी प्रतिवद्धता व्यक्त गरेका छ्न उनले युवालाइ स्वोरोजगार बनाउन बिना धितो बिना ब्याज ब्याबसायिक ऋण प्रदान गर्ने युवाहरुलाइ खेलकुदको ब्यबस्था बृद्द बा आमा हरुकोलागी औषधि उपचार को ब्यबस्था मिलाउने पनि जानकारी गराएका छ्न् ।

लामाले गाउँपालिकाको केन्द्र देखि हरेक वडा सम्म जानी बाटो सल्याब वा पिच गर्ने प्रतिबद्धता पत्रमा भनेका छ्न पालिकाको कक्षा ६ देखि माथी सम्मका सबै बिधालयमा कम्प्युटर कक्षाको ब्यबस्था मिलाउने दिवाखाजा अझ राम्रो ब्यबस्था मिलाउने पालिकाका सबै शिक्षक लाई एक शिक्षक एक ल्यापटपको कार्यक्रम ल्याइने अध्यक्ष उमेदवार लामाले भनेका छन् पालिका भरिका जेष्ठ नागरिकहरुको लागि दक्ष डाक्टर खटाइ घरमानै गएर स्वास्थ परिक्षणको ब्यबस्था मिलाउने पनि प्रतिबद्धता ब्यक्त गरेका छन् ।  लामाले जेष्ठ नागरिकहरुलाइ विश्राम र मनोरञ्जनका लागि सामुदायिक भवनको निर्माण गरिने छ भीमफेदी ४ मा निर्माणधिनमा रहेको रङ्गसाला निर्माणको काम सम्पन्न गरिने र सबै वडामा ब्यबस्थित खेल्कुद मैदानको निर्माण गरिने  लामाले प्रतिबद्धतामा ब्यक्त गरेका छन् ।

प्रतिक्रिया