१४ नम्वर वडाको फेरिएको मुहार

पालिका डायरी
१३ बैशाख २०७९, १४:१३

हेटौंडा / हेटौंडा उपमहानगरपालिकामा १४ नंम्वर वडामा भौतिक , वातावणीय , मानवीय , सडक , शिक्षा स्वास्थ्य , कृषि , पशु , वन सबै कुराहरुको विकास निर्माणको कामहरु तिव्र रुपमा भएका छन् । २०७४ सालमा १४ नम्वर वडाअध्यक्षमा दिपक खड्का निर्वाचित भएदेखिनै विकास निर्माणका कामहरु दु्रत गतिमा सञ्चालन भएका हुन् ।

विकास निर्माणको कुरा गर्दा १४ नम्वर वडाको सडक पुर्वाधारहरु सबै मर्मत सम्भार गरिएका छ । आली बाटाहरु ग्राभेल सडकमा रुपान्तरण भएका छन् । पहिले पानी , हिलो भरिएर हिँड्नसमेत नसकिने सडकहरु ऋहिले उक्त समस्याबाट मुक्त भएका छन् ।

वडाका विभिन्न ठाँउहरुमा सडकको ट्याक खोलेको र २५ किलोमिटर स्ल्याब ढलान भएको छ । १४ नम्वर वडामा विद्यालयहरुको भवन निर्माण , वडाका आम सेवाग्राही नागरिकहरुलाई सहजताको लागि एकैठाउँमा वडा कार्यालयको आफ्नै भवन निर्माणदेखि लिएर वडाभरिका जनतालाई लाभान्वित हुनेगरी स्वास्थ्य चौकी स्थापना गरिएको छ ।
यसैगरि , वडामा शान्तीसुरक्षाको लागि असईको नेतृत्वमा ५ सदस्सीय प्रहरी रहने गरी मयुरधाप अस्थाई प्रहरी बिट स्थापना भएको छ । खानेपानीको लागि दुई घण्टासम्म लाईन बस्नुपर्ने वडाबासीको समस्या हटेको छ ।

 

१४ नम्वर वडामा पर्यटनको विकासको लागि भ्यु टावर र उपमहानगरपालिकाकै पहिलो होम स्टे तयार हुँदै छ । बहालवाला वडा अध्यक्ष दिपक खड्काले उपमहानगरपालिकाको १९ वटा वडा मध्ये १४ नंबर आफ्नो वडामा सबैभन्दा बढी विकास निर्माणको कामहरु भएको बताएका छन् । उनले वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा पुन ः उम्मेद्धारी दिएका छन् । आफुले गरेका अधुरो योजनाहरु पुरा गर्नलाई फेरि पनि उम्मेद्धारी दिएको बताएका छन् । दिपक खड्का निर्वाचित भएसँगै वडाको मुहार नै फेरिएको छ । उनले वडामा गरेका योगदान र कामहरुलाई नियाल्दै वडाका सम्पुर्ण वडाबासीहरुसमेत पुन उनलाई नै जिताउने तयारीमा छन् । खड्का आइसकेपछि १४ नम्वर वडालाई शहरजस्तै बनाइदिएको भन्दै सबै जनता उनकै पक्षमा लागिपरेका छन् ।

प्रतिक्रिया