इन्द्रसरोवरमा एमालेबाट दुई दलित महिला वडा सदस्य निर्विरोध

पालिका डायरी
१३ बैशाख २०७९, ०६:४१
इन्द्रसरोवरमा एमालेबाट दुई दलित महिला वडा सदस्य निर्विरोध

हेटाै‌ंडा /  इन्द्रसरोवर गाउँपालिकामा २ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

नकेपा एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गराएकी वडा नम्बर १ की लक्ष्मी नेपाली र वडा नम्बर ४ की सावित्री सुनार निर्विरोध निर्वाचित भएकी हुन् ।

नेपाली र सुनारको उक्त वडामा एकल उमेद्वारी परेकाे स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिरेको छ । साथै दलित महिला सदस्य पदको लागि ११ जनाको उमेद्वारी परेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया