इन्द्रसरोवरमा एमालेको अध्यक्ष सहित सबै पदमा उम्मेदवारी दर्ता, हेर्नुहोस् नामावली

पालिका डायरी
१२ बैशाख २०७९, १९:२२

हेटाै‌डा /  नेकपा एमाले इन्द्रसरोबर गाउँपालिकाले आउँदो स्थानीय तहको निर्वाचनको लागि अध्यक्ष उपाध्यक्ष सहित सबै पदमा उम्मेद्वारी दर्ता गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेको तर्फबाट अध्यक्षमा देबकृष्ण पुडासैनी तथा उपाध्यक्षमा उमाकुमारी लामा सहित सबै वडाध्यक्ष र वडा सदस्यहरुले उम्मेद्वारी दर्ता गरेका हुन् । २०७४ को निर्वाचनमा इन्द्रसरोबरमा एमालेबाट जीवन लामा तथा उपाध्यक्षमा एमालेकी उमाकुमारी लामा विजयी भएका थिए । त्यस्तै एमालेले इन्द्रसरोवरको पाँच वटै वडाहरुको वडाअध्यक्ष तथा वडासदस्यहरुको उम्मेदवारी दर्ता सकाएको छ ।

यस्तो छ नामावली

१ नंम्बर

अध्यक्ष : राजु बस्नेत, दलित सदस्य: लक्ष्मी नेपाली, महिला: चन्द्र कुमारी स्याङबो  खुल्ला सदस्य: अमृत थिङ र सानुकान्छा मोक्तान

२ नंम्बर

अध्यक्ष : बैकुण्ठ थापा,  दलित सदस्य:रित सुनार , महिला:ज्ञानी माया लामा ,खुल्ला सदस्य : सुन्दर स्याङतान  र वीर बहादुर घिसिङ

३ नम्बर

अध्यक्ष: प्रताप भोमजन ,दलित सदस्य: लीला सुनुवार , महिला: हिरामाया मोक्तान , खुल्ला सदस्य : वसन्त थापा मगर  र बुद्धि राम डिम्डुङ

४ नंम्बर

अध्यक्ष: चन्द्र कुमार बल , दलित सदस्य: सावित्री सुनार,  महिला : सानु कान्छी स्याङतान खुल्ला सदस्य : आइमन भ्लोन र  निराजन डिम्डुङ

 

५ नंम्बर

अध्यक्ष: राजु लामा ,दलित सदस्य :नमिता दुतराज , महिला :दुर्गावती थोकर खुल्ला सदस्य  वसन्त बलामी र रामकुमार लामा

प्रतिक्रिया