भीमफेदीमा बिभिन्न पार्टी परित्याग गरी पाँच दर्जन नेता तथा कार्यकर्ताले नेकपा एमाले गरे प्रवेश

पालिका डायरी
१२ बैशाख २०७९, ०७:३१
भीमफेदीमा बिभिन्न पार्टी परित्याग गरी पाँच दर्जन नेता तथा कार्यकर्ताले नेकपा एमाले गरे प्रवेश

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिकामा नेकपा माओवादी केन्द्र नेपाली कांग्रेस राप्रपा परित्याग गरि आइतवार पाँच दर्जन नेता तथा कार्यकर्ताले नेकपा एमाले प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनको उमेदवार मनोनयन कार्यक्रमको अवसरमा नेकपा एमाले पाटिले मात्र भीमफेदिमा परिबर्तन गर्न सक्छ भन्दै एमाले प्रबेस गरेका हुन ।

कार्यक्रम बागमती प्रदेशका उपसचिव महेस बर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नवप्रवेशीहरुलाई नेकपा एमाले बागमती प्रदेश उपसचिव महेस बर्तौला प्रदेस सद्स्य भगवती पुडासैनी  मकवानपुर जिल्ला उपसचिव तथा भीमफेदी गाउँपालिकाको अध्यक्ष उमेदवार हिदम लामा पाटी जिल्ला कमिटी सचिवालय सदस्य तथा भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्बती रानाले टीका तथा खादा लगाएतले स्वागत गरेका थिए ।

जनताले अन्य पार्टीहरुहरुलाई बिश्वास गर्न छोडीसकेकोले एमाले नै जनताको पार्टी भएको उहाँको भनाई थियो । नेकपा एमाले कमजोर नभएको र मुलुक कै सबैभन्दा शत्तिशालि पार्टि भएको उहाँले बताए । अहिले ५ वटा पार्टी एकातिर भएपनी एमालेले सबैलाई पराजित गर्ने क्षमता राख्ने उहाँले बताए । आगामी निर्वाचन पछि एकल सरकार बन्ने भन्दै अपबित्र गठबन्धनले देशलाई समृद्धितिर लान नसक्ने पनि बर्तौलाले बताए ।

प्रतिक्रिया