भीमफेदीमा नेकपा एमालेद्वारा उम्मेदवारी दर्ता

पालिका डायरी
११ बैशाख २०७९, १९:४८
भीमफेदीमा नेकपा एमालेद्वारा उम्मेदवारी दर्ता

हेटाैंडा /  मकवानपुरको भीमफेदी गाउँपालिकामा नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराएको छ ।

आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले बागमती प्रदेशको उपसचिव महेश बर्तौलाको प्रमुख आतिथ्यमा भएको बृहत र्याली सहितको कार्यक्रममा एमालेका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थितिमा गाउँपालिकाको अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्वती रानाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

छोटो मन्तब्यको क्रमामा बर्तौलाले यो स्थानीय चुनाब भाजपाको गोटीको रुपमा रहेको पाँच दलीय गठबन्धनहरुको बीच र एमालेको बिचमा प्रतिस्पर्धा हुने र जीत नेकपा एमालेकै हुने बताए | कार्यक्रमा बोल्दै एमालेको उम्मेदवार जिताउन सम्पूर्ण भीमफेदी बासीलाई आग्रह समेत गर्नुभयो |

यस्तै नेकपा एमालेबाट भीमफेदी गाउँपालिकाको १ नम्बर वडा अध्यक्षमा पन्चमायाँ स्याङ्तान, २ नम्बर वडा अध्यक्षमा काशिराम बज्यु , ३ नम्बर वडा अध्यक्षमा प्रकाश पौडेल , ४ नम्बर वडा अध्यक्षमा सागर पाण्डे, ५ नम्बर वडा अध्यक्षमा जहार सिंह लामा, ले उम्मेदवारी दर्ता गराउनुभएका छन् । यसैगरी ६ नम्बर वडा अध्यक्षमा सिताराम थापा, ७ नम्बर वडा अध्यक्षमा परमेश्वर राना , ८ नम्बर वडा अध्यक्षमा बिष्णु भोलन र ९ नम्बर वडा अध्यक्षमा प्रकाश पुडासैनीले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेले एकैपटक गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यको उम्मेदवारी दर्ता गराएको गाउँपालिका अध्यक्षका उम्मेदवार हिदम लामाले बताए ।

प्रतिक्रिया