बागमती प्रदेशका प्रदेश सभा सांसदहरुको मोह ‘मेयर’ तर्फ

पालिका डायरी
११ बैशाख २०७९, १३:२९
काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्न प्रदेशसभा सदस्य स्थापितले दिए राजीनामा

हेटाैंडा /  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरपदमा उम्मेदवारी दर्ताको लागि बागमती प्रदेशका प्रदेश सभा सांसदहरुले भटाभट राजिनामा दिन थालेका छन् । प्रदेशमा रहेर भन्दा पनि स्थानीय तहको सरकारमा रहँदा आफ्नो क्षेत्रको विकास गर्न सहज हुने अभिव्यक्ति दिदैं प्रदेशसभा सदस्यहरुले सांसद पदबाट राजिनामा दिदैं स्थानीय तहको सरकार बन्नमा मोह जागेको पाइन्छ ।

नेकपा एमालेबाट काठमाण्डौंको मेयरमा उम्मेदवारी दर्ता गराउनको लागि आइतबार प्रदेश सांसद केशव स्थापितले प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन् । नेकपा (एमाले) को सचिवालय बैठकले हिजो शनिबार स्थापितलाई काठमाडौँको मेयर बनाउने निर्णय गरेको थियो । पुर्वमन्त्रीसमेत रहेका स्थापित आइतबार प्रदेशसभा कार्यालय हेटौंडा आएर प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा दिएका हुन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने तय भएकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उनले बताए । निर्वाचन आयोगले बनाएको आचारसंहितामा पनि जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार हुन अघि राजीनामा दिनुपर्ने भनिएको छ । यसैअनुसार भोली सोमबार उम्मेदवारी दर्ता गराउनको लागि आज राजिनामा दिन आएको स्थापितले बताए । उनी काठमाडौँको क्षेत्र नम्बर ६ को (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

सांसदबाट मेयरमा किन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘प्रदेश सांसदमा रहदा आफूले स्थानीय तहको विकासमा मन बुझ्ने गरि काम गर्न नपाएपछि आफूले स्थानीय तह रोजेको हुँ । विद्यार्थी राजनीति देखि नै स्थानीय क्षेत्रको विकास चाहिन्छ भन्ने मान्छे भएकोले प्रदेशमा रहेर भन्दा पनि स्थानीय सरकार बनेर काठमाण्डौको विकास गर्न चाहान्छु ।’

त्यस्तै एमालेकै बागमती प्रदेश सभा सदस्य विजय सुवेदीले पनि बिहिबार नै सांसद पदबाट राजीनामा दिएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा चितवनको मेयरमा उम्मेदवार बन्न उनले सांसदबाट राजीनामा दिएका हुन् ।
सुवेदीलाई एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनको लागि उनले पनि प्रदेश ससांसदबाट राजिनामा दिएका हुन् । उनले पनि बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष बिहीबार राजीनामा पत्र बुझाएका हुन् । अब बागमतीमा एमालेका ४१ जनामात्र प्रदेश सभा सदस्य रहने भएका छन् ।

प्रतिक्रिया