सुखी नेपाली समृद्द नेपालको अभिभारा एमालेले मात्र पूरा गर्छ : प्रथम मुख्यमन्त्री पौडेल

पालिका डायरी
१० बैशाख २०७९, १५:३३
सुखी नेपाली समृद्द नेपालको अभिभारा एमालेले मात्र पूरा गर्छ:प्रथम मुख्यमन्त्री पौडेल

हेटौंडा / बागमती प्रदेशका पहिलो मुख्यमन्त्री एवं नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिती सदस्य डोरमणी पौडेलले सुखी नेपाली समृद्ध नेपालको अभिभारा एमालेले मात्रै पूरा गर्ने बताउनुभएको छ ।

नेकपा एमाले ७ नम्बर वडा कमिटीले न्युरेनीमा स्थापना गरेको चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्नुहुदै पौडेलले जनतालाई देखएको सपना एमालेले मात्रै पूरा गर्ने दावी गर्नुभयो । हामीले मुलुकको बिकास र टोल टोलको बिकासको कुरा गरिरहँदा एमालेको मुल नारा पनि यहि भएको उहाँले बताउनुभयो ।

सुखी नेपाली समृद्द नेपालको अभिभारा एमालेले मात्र पूरा गर्छ:प्रथम मुख्यमन्त्री पौडेल
नेकपा एमालेले जनताको अनुहारमा हाँसो कसरी ल्याउने, हाम्रो पीडा र ब्यथाहरु कसरी निर्मुल पार्ने, हाम्रो स्वास्थ्य, रोजगारी तथा सम्पुर्ण आवश्यकताहरु पूरा गर्न नेकपा एमाले मात्र सक्षम रहेको उहाँले दाबी समेत गर्नुभयो । नेकपा एमालेसँग यहि क्षमता छ, समृद्ध देश बनाउने भिजन छ भन्ने कुराको जनतामा रहेको बिश्वास एमालेले नतोड्ने उहाँले प्रष्ट पार्नुभयो । आसन्न स्थानीय तहको निर्वाचनमा सबै क्षेत्रमा एमाले बहुमतका साथ बिजयी हुने र निरन्तर बिकास निर्माणको काममा एमाले लाग्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
गत ५ वर्षमा वडा तथा नगरका जनप्रतिनिधि, एमाले नेतृत्वको बागमती प्रदेश सरकारले वडाबासीहरुले प्रत्याभूति गर्न सक्ने गरि काम भएको उहाँको भनाई छ ।

यस्तै नेकपा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा ७ नम्बर वडा अध्यक्ष पदका उम्मेदवार राजन थापाले गत ५ वर्षमा भएका विकासका आधारमा पनि अबको निर्वाचनमा नेकपा एमालेको बिकल्प नभएको बताउनुभयो । ५ बर्षको अवधिमा विकास निर्माणसङ्गै स्वास्थको क्षेत्रमा नमुना काम भएको दावी गर्नुभयो ।

अहिले एमालेलाई पराजित गर्नकै लागि जनमानसमा गठबन्धनको त्रास फैलाउने कार्य भईरहेको भन्नुहुँदै उहाँले हामी कोही पनि गठबन्धनसँग डराउन नपर्ने बताउनुभयो । `यदी उनीहरु सक्षम, शक्तिशाली र असल हुन्थे भने बैशाखीको साहारा लिए झैं ५ दलको गठबन्धन बनाएर आउनुपर्ने आवश्यकता नरहेको उहाँले भनाई ब्यक्त गर्नुभयो । त्यसैले सबै जनाले बास्तबिकता बुझेर एमालेका उम्मेदवारलाई नै भोट दिन पनि थापाले आग्रह गर्नुभयो ।

एमाले ७ नम्बर वडा कमिटी अध्यक्ष कुलप्रसाद त्रीपाठीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा जिल्ला पार्टी प्रचार विभाग प्रमुख ध्रुव प्रसाद चौलागाईं, ७ नम्बर वडा सदस्य पदका उम्मेदवार देवराज रिमाल, तुलसा अधिकारी, सपना विक, नर बहादुर भ्लोन, एमाले जिल्ला सदस्य सुबोध रिमाल लगाएत नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया