जिम्बाब्वे ‘ए’ सँगकाे शृङ्खलाका लागि नेपाली क्रिकेट टाेलीकाे घाेषणा

पालिका डायरी
९ बैशाख २०७९, ११:०९
नेपालले फिलिपिन्सलाई दियो २ सय १९ रनको लक्ष्य, कुशल र दीपेन्द्रको कीर्तिमानी साझेदारी file photo

काठमाण्डाै / त्रिवि क्रिकेट मैदानमा हुने जिम्बाब्वे ‘ए’ सँगको एकदिवसीय र टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बाब्वे ए सँगको शृङ्खलाका लागि आज शुक्रवार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

सन्दीप लामिछाने कप्तान रहेकाे टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल र विक्रम सोब रहेका छन् । यस्तै किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुशन भारी, पवन सर्राफ, अविनाश बोहरा, बसिर अहमद, लोकेश बम, विवेक यादव, सहाब आलम र सुनिल धमला पनि टोलीमा अटाएका छन् ।

यस शृङ्खलामा बायाँ हाते अलराउन्डर बशिर अहमदले पहिलो पटक मौका पाएका छन् । बशिर एक हप्ताअघि भैरहवामा भएको प्रो क्लब च्याम्पियनशिपमा सर्वाेत्कृष्ट खेलाडी बनेका थिए ।

प्रतियोगिता अन्तर्गत पहिलो एकदिवसीय खेल वैशाख १७ गते हुनेछ । यस्तै दोस्रो एकदिवसीय क्रिकेट वैशाख १९ गते र तेस्रो एकदिवसीय क्रिकेट वैशाख २१ गते हुनेछ ।

यस्तै यी दुईबीचको पहिलो टी–२० क्रिकेट वैशाख २३ गते, दोस्रो टी–२० वैशाख २४ गते र तेस्रो टी–२० वैशाख २६ गते हुनेछ ।

प्रतिक्रिया