मकवानपुरमा चट्याङ लागेर एक बृद्धको मृत्यु एकजना घाइते

पालिका डायरी
७ बैशाख २०७९, ११:२६
हेटाैंडा / मकवानपुरमा चट्याङ लागेर एक बृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छिन् । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए

प्रतिक्रिया