कुटाइ खाएर नआउन बागमती वाइसीएलको निर्देशन

पालिका डायरी
६ बैशाख २०७९, २०:२०

 

हेटौंडा /  पुर्वी मकवानपुरको बागमती गाउँपालिका ८ नम्बर वडामा वाईसीएलको पुर्ण बैंकक सम्पन्न भएको छ । मंगलबार बसेको बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक सर्केश घलानले जनताको पार्टी माओवादी हो भनेर सबैले चिन्नु पर्ने बताउँदै अबको स्थानीय तहमा माओवादीले नजिते परिवर्तन गुम्न सक्ने बताए । त्यस्तै कार्यक्रममा पार्टीे गाउँ कमिटी सदस्य तथा वाईसीएल अध्यक्ष मुक्ति लामाले बोल्दै वाईसीएल सशंकता रुपमा चुनावमा लाग्नु पर्ने बताए । वाईसीएलले निउ नखोज्ने तर बिपक्ष आफुहरु माथी आए आफुहरु चुप लगेर नबस्ने निर्देशन दिदंै अरुको कुटाइ खाएर नबस्न आफ्ना पार्टीका कार्यकर्ताहरुलाई अनुरोध समेत गरेका थिए ।

कार्यक्रम अकंल वहादुर सिंतानको अध्यक्षमा भएको थियो भने माओवादी केन्द्रको जिल्ला संयोजक सर्केश घलानको प्रमुख अथिती रहेको थियो । त्यस्तै गाउँ कमिटी उपाध्यक्ष बल बहादुर पाख्रिन, सचिव रहर सिंह थिङ, गाउँ कमिटी सदस्य तथा वाईसीएल अध्यक्ष मुक्ति लामा लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया