तुलादानको रकम मामाघरमा सहयोग

पालिका डायरी
५ बैशाख २०७९, २३:११

 

हेटौंडा / चौरासी पुजामा तुला दान वापतको रकम मामाघर नेपाललाई सहयोग गरिएको छ । हेटौंडा ११ सरस्वतीकी साबित्रा भट्टराईको तुलादान वापतको रकम मामाघर नेपाललाई सहयोग गरिएको हो । हेटौंडा ११ मा रहेको मामा धर नेपाललाई १८ हजार रुपैयाँ सहयोग गरिएको हो । साबित्रा भट्टराईले आफ्नो चौरासी पुजाको तुलादान वापत मध्यको तौल ५३ केजि बराबरको हुन आउने रकम १६ हजार र दुई पोका आटाको पिठो, ३ केजि चिनी र ३ पाकेट तेल मामाघर नेपालमा पुगेर मामाघर नेपालका कोषाध्यक्ष नवीन सिलवाललाई हस्तान्तरण गरेका हुन् ।

चौरासी बर्षिय भर्ट्टराईले यो उमेरसम्म आइपुग्दा एउटा पुण्य अबसर पाएको भन्दै जीवनमा ठुलो पुण्यको काम गरिएको बताइन् । छोराहरु अमृतप्रसाद भट्टराई र रामप्रसाद भट्टराईको साथमा नगत तथा खाद्यान्य सहयोग गरिएको हो । त्यस्तै सोही चौरासीमा बुवा जयलाल भट्टराईको तुलादान बरावरको रकम १८ हजार रुपैया सत्यस्वर मन्दिरलाइ हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया