माओवादी वाइसीएल बागमती गाउँपालिकाको ६ नम्बर वडा सम्मेलन सम्पन्न

पालिका डायरी
३ बैशाख २०७९

हेटौंडा / पुर्वी मकवानपुरको बागमती गाउँपालिका ६ नम्बर वडामा नेकपा माओवादी वाइसीएलको वडा सम्मेलन शनिबार सम्पन्न भएको छ । वडा सम्मेलनले राजु स्याङ्तानको नेतृत्वमा ३२ सदस्सिय कार्य समिति गठन गरिएको छ । उपाध्यक्षमा हस्त लोप्चन,सचीव अविरल वाइबा,सहसचिव इन्द्र बहादुर लोप्चन र मिलन राई, कोषाध्यक्ष सङगिता थापा र अन्य सदस्यहरु सहितको कार्यसमिति गठन गरिएको वाइसिएल बागमती गाउँपालिका अध्यक्ष मुक्ति लामाले जानकारी दिए ।

सम्मेलनमा बोल्दै मुक्ति लामाले व्यवस्था बद्लेको र अब जनताको अबस्था बदल्न माओवादी केन्द्रले जित्नु पर्ने बताए । त्यस्तै सम्पुर्ण वडा बासीहरु लाई अबको चुनावमा माओवादीलाई नै आफ्नो बहुमुल्य मत दिन लामाले अनुरोध समेत गरे ।
त्यस्तै सम्मेलनमा बोल्द कार्यक्रमका प्रमुख अतिथी बागमती गाउँ कमिटी पार्टी अध्यक्ष अरुण बलले माओवादी भित्रको चोर फटाहाहरु सकिएको र ७०÷७४ जस्तो जनताकोमा जाँदा लाज नमानि जना निर्देशन दिए । माओवादी भित्रको फटाहहरु एमालेमा भएको र माओवादी फटाह मुक्त भएको बलले बताए ।
राजु स्याङ्तानकोको अध्यक्षतामा भएको सम्मेलनमा धुर्व थापा, विमल थिङ् लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया