भोलिसम्ममा चुनावी गठबन्धनको अन्तिम टुङ्गो लागिसक्छ : अध्यक्ष दाहाल

पालिका डायरी
३ बैशाख २०७९, ११:१०
प्रचण्डको टिप्पणी- तेत्तिसकोटी देवता पुज्दै हिँड्नुभन्दा मान्छे पुज्दै हिँडे कति राम्रो हुने file photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा चुनावी गठबन्धनको अन्तिम टुङ्गो भोलिसम्ममा लागि सक्ने बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले आजै बेलुकासम्ममा खाका तयार हुने बताउनु भएकाे हाे । उहाँले भन्नुभयो, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।’

चुनावका समयमा एउटै पार्टीभित्र समेत विवाद, बहस हुने जनाउँदै उहाँले दलकाबीचमा सहमति हुन समय लाग्नु स्वाभाविक रहेको बताउनुभयो । उहाँले फरक प्रसङ्गमा भरतपुर महानगरका विषयमा पनि छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।’ पालिका चुनावका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उहाँले बताउनु भयाे ।

प्रतिक्रिया