भीमफेदीमा गठवन्धनबाट को हुनेभए अध्यक्ष, यसो भन्छन : राना

पालिका डायरी
२ बैशाख २०७९, १२:५८
गठबन्धनको तर्फबाट भिमफीदिमा पुन रानाको दाबी माओवादी केन्द्रले कुनै पनै हालतमा नछाड्ने ः सचीव राना

हेटौंडा / पाँच दलिय गठवन्धनबाट भीमफेदी गाउँपालिकाको अध्यक्षमा को हुने भन्ने चर्चा चलिरहेको बेला नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका कमिटिको सचिब रन्जित रानाले आफु गएको स्थानिय तहको चुनाबमा थोरै मतान्तर्ले पराजित भएको कारण गठवन्धनको तर्फबाट आफै उमेद्वार हुने खुलासा गरेका छन ।

केहि दिनभित्र गठवन्धनले आफुलाई सर्बसहमत रुपमा भीमफेदी गाउँपालिकाको अध्यक्षको उमेदवार बनाउने पनि उनले जानकारी दिए कुन वडामा कस्लाई दिने भन्ने विषयमा निर्णय गर्न छलफल भैरहेको उनले बताए तर भीमफेदी गाउँपालिकामा भने माओवादी केन्द्रको दाबी रहेको जानकारी दिए रानाले गएको स्थानिय चुनावमा थोरै मतले आफु पराजित भएको कारण भीमफेदी कांग्रेसले सहमतिमा आफुलाई गाउँपालिकाको अध्यक्ष बनाउने ठोकुवा गरे । उनले भीमफेदीमा माओवादीले अध्यक्ष पाएको अवस्थामा आफु सबैभन्दा बलियो उम्मेद्वार रहेको पनि बताए ।

माओवादी केन्द्र भीमफेदिको सचिवसम्म रहेका रानाले पालिका डायरी अनलाईन पत्रिकासङ्ग कुरा गर्दै अबको केहि दिनमानै गठवन्धनको औपचारिक बैठक बसेर टुङ्गो लगाउने जानकारी दिए रानाले भीमफेदिमा गठबन्धनको तर्फ बाट माओवादीले नेतृत्व पाउँदा आफुनै बलियो उम्मेदवार भएको पनि प्रस्ट पारे ।

रानाले युवा स्वरोजगार कार्यक्रम लेराउने, अत्याधुनिक कृषि प्रविधि लेराउने, निशुल्क माध्यमिक शिक्षाको ब्यबस्था गर्ने, वातावरण तथा पर्यावरण संरक्षणका निम्ति कार्यक्रमहरु गर्ने गराउने, छोरी शिक्षा विमा कार्यक्रम गर्ने, भिमफेदिलाई हेरिटेज सिटीको रुपमा विकासगरी बजारलाई पुनर्निमाण गरि पर्यटन प्रवर्धन गर्ने, स्थानीय उत्पादनलाई बजारीकरण गरि गाउँपालिका भित्रका किसानहरुलाई आर्थिक उन्नतिको बाटोमा लैजाने, छुवाछुतको अन्त्य र महिला अधिकार लगायतका विषयमा काम गर्नको लागि आफुले उम्मेद्वारी दिन लागेको पनि बताए । पार्टीले आफुलाई उम्मेदवार बनाए आफ्नो जीत सुनिश्चित रहेको पनि रानाले दाबी गरे । गएको चुनावमा थोरै मतले पराजित भएपछि अझै जनताको मन जित्न र जनता को काम गर्न नपुगेको भन्ने महसुस गर्दै पराजित भएको भोलि देखिनै जनता को हरेक सुख दुख मा साथ दिदै दिन रात नभनी जनताको काम गर्दै आएको कारण यसपटक टिकट पाय अत्याधिक बहुमतले चुनाव जित्ने दाबी गरे ।

स्थानीय निर्वाचन २०७४ मा राना भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हिदम लामा संग १४४ मतान्तरले पराजीत भएका थिय । रानाले आफु भन्दा माथी पार्टी भएकोले आफू पार्टी भन्दा माथी कहिले नहुने र पार्टिले गरेको निर्णयलाई आधार मानेर अगाडि बढ्ने पनि जानकारी दिए ।

प्रतिक्रिया