गठबन्धनको तर्फबाट भिमफीदिमा पुन रानाको दाबी माओवादी केन्द्रले कुनैपनै हालतमा नछाड्ने ः सचीव राना

पालिका डायरी
१ बैशाख २०७९, १८:४५
गठबन्धनको तर्फबाट भिमफीदिमा पुन रानाको दाबी माओवादी केन्द्रले कुनै पनै हालतमा नछाड्ने ः सचीव राना

हेटौंडा / भीमफेदी गाउँपालिकामा आसन्न स्थानिय निर्वाचनको लागि भीमफेदी गापालिकामा गठबन्धनको तर्फ बाट माओवादी केन्द्रले अध्यक्ष पाउनु पर्ने दाबी गर्दै आएको छ । माओवादी केन्द्र भीमफेदी गाउँपालिका कमिटिका सचीव रंजित रानाले २०७४ को चुनानमा थोरै मतले माओवादी केन्द्र नेकपा एमाले सङ्ग पराजित भएको कारण बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रले सोत अध्यक्ष पदको टिकट पाउनुपर्ने बताए रानाले भीमफेदी गाउँपालिकाको अध्यक्षमा पुन आफ्नो उम्मेद्बारी रहेको पनि जानकारी गराए ।

रानाले गएको २०७४ को निर्वाचनमा झिनो मतले आफू भीमफेदी गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएको कारण आफ्नो फेरि उम्मेद्बारी दाबि भएको बताएका छन् रानाले युवा स्वरोजगार कार्यक्रम लेराउने, अत्याधुनिक कृषि प्रबिधि लेराउने, निशुल्क माध्यमिक शिक्षाको ब्यबस्था गर्ने, वातावरण तथा पर्यावरण संरक्षणका निम्ति कार्यक्रमहरु गर्ने गराउने, छोरी शिक्षा बिमा कार्यक्रम गर्ने, भिमफेदिलाई हेरिटेज सिटीको रुपमा विकासगरि बजारलाई पुनर्निर्माण गरि पर्यटन प्रबर्धन गर्ने, स्थानीय उत्पादनलाइ बजारीकरण गरि गाउँपालिका भित्रका किसानहरु लाइ आर्थिक उन्नतिको बाटोमा लैजाने, लगायतका काम गर्नको लागि फेरि आफ्नो उम्मेद्बारी दिन लागेको बताए पार्टीले आफुलाई उम्मेदवार बनाए आफ्नो जीत सुनिश्चित रहेको रानाले दाबी गरे ।

स्थानीय निर्वाचन २०७४ मा राना भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हिदम लामा संग १४४ मतान्तरले पराजीत भएका थिय रानाले यो चुनाबमा आफू उमेदवार भए अत्यधिक बहुमतले चुनाब जित्ने समेत ठोकुवा गरेका छन् ।

तपाइहरुले आउने चुनाबमा काग्रेसलाइ सहायो गर्ने हल्ला छनी भन्नी प्रश्नमा माओवादी केन्द्र भीमफेदी गाउँकमिटी सचीव रन्जित रानाले यो चुनाबमा कुनै पनि हालतमा माओवादीले नछाड्ने जानकारी दिए

प्रतिक्रिया