आगामी कार्यकाल पनि भोट दिएर जिताएमा समृद्ध भीमफेदि सुखी भीमफेदी बनाउछु ः लामा

पालिका डायरी
२६ चैत्र २०७८, २०:५९

हेटौंडा । नेकपा एमालले आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि भीमफेदी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा बर्तमान अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई नै उठाउने निर्णय गरेको छ ।

आज भएको भीमफेदी एमाले गाउँ कमिटी बैठकले गाउँपालिकाको अध्यक्षमा बर्तमान गाउँपालिकाका अध्यक्ष हिदम लामा तथा उपाध्यक्षमा वर्तमान उपाध्यक्ष पार्वती रानालाई नै उठाउने सर्वसम्मत निर्णय गरेको हो ।
आफूहरु उम्मेदवार चयन भए पछि बर्तवान अध्यक्ष लामाले आफूले चुनाब जितेमा तपाईं जनताले दिएको यो गहन जिम्मेवारीलाई गम्भीरताका साथ लिने र आफुले गरिने सबै काम म नभै हाम्रो भन्नी अनुभूति दिलाउने छु उनले भने ।
लामाले आफुलाइ पार्टिले दिएको यो जिम्मेवारीले पाटिको निर्देशन अनुसारनै आफुले काम गर्ने प्रतिबद्धता पनि ब्यत्त गरे लामाले अब भीमफेदी गाउँपालिकामा जनताको आर्थिक निकास र सीप बिकासमा आफ्नो महत्त्वपुर्ण भुमिका रहने पनि लामाले भने ।

यस्तै उपाध्यक्ष उम्वेदवार चएन भएकी बर्तवान उपाध्यक्ष पार्वती रानाले पहिलो कार्यकाल सफल भयकै कारण पाटिले फेरि यो जिम्मेवारी दिइरहेको ले आफूले चुनाब जितेमा कुनै पनि हालतमा पाटिमा आच आउने काम नगर्नी प्रतिबद्धता ब्यक्त गरिन रानाले आफू भीमफेदि गाउँपालिकाको उपाध्यक्ष भए पछि आफुले गाउँ र जनताको बिकासमा सदैब लागि परेको र अब आगामी कार्यकाल पनि जनताले भोट दिएर जिताएमा समृद्ध भीमफेदि सुखी भीमफेदी बासी बनाउन सधै लागि पर्ने पर्नी बताइन ।

गएको २०७४ मा भएको स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबैमा एमालेका उम्मेद्वार लामा र राना विजयी भएका थिए ।

२०७४ मा भएको स्थानीय निर्वाचनमा एमालेबाट उठेका लामाले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी र नेपाली कांग्रेसको गठबन्धनका उम्मेद्वार रन्जित कुमार रानालाई १४४ मत अन्तरले पराजित गरेका थिए ।

अध्यक्ष पदमा एमालेका उम्मेद्वार लामाले ३ हजार ८४२ मत प्राप्त गर्दा गठबन्धनका उम्मेद्वार रानाले ३ हजार ६९८ मत प्राप्त गरेका थिए ।

यसैगरि उपाध्यक्ष पदमा रानाले गठबन्धनको उम्मेद्वार मोमलाल दोङलाई ३ सय ६७ मत अन्तरले पराजित गरिकी थिईन् । एमालेबाट उठेकी रानाले ३ हजार ८०२ मत पाउँदा नेपाली कांग्रेसबाट उठेका दोङले ३ हजार ४३५ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया