बागमती जनता माविका एक शिक्षक प्रहरीको नियन्त्रणमा,२ जना फरार

पालिका डायरी
२६ चैत्र २०७८, १२:१२
१ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

हेटौंडा /  यौन दुर्व्यवहारको आरोप लागेका बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका तीन जना शिक्षकमध्ये एक जना शिक्षक प्रहरीको नियन्त्रणमा आएका छन् ।

शुक्रबार साँझ जनताका माविका शिक्षक हेमबहादुर विक आफै प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए । उनले शिक्षक विकलाई जिल्ला प्रहरी कार्यलय ल्याईएको र आवश्यक अनुसन्धान भईरहेको बताए ।

बिहिबार राति तीन जना शिक्षक विरुद्ध विद्यालयमा अध्यनरत विद्यार्थीका अभिभावकहरुले जिल्ला प्रहरी कार्यलयमा यौन दुर्व्यवहारको किटानी जाहेरी दिएका दिए ।

जनताका ४ जना पीडित बालिका विद्यार्थीका ३ जना अभिभावकले किटानी जाहेरी दिएका थिए । उनिहरुले शिक्षकहरू लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकको नाममा किटानी जाहेरी दिएका थिए ।

निमित्त प्रहरी प्रवक्ता दासका अनुसार दुई जना शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विक अझै फरार रहेको र खोजि कार्य भईरहेको छ ।

तीन शिक्षकहरुले लामो समयदेखि छात्रा विद्यार्थीहरु माथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदा समेत आवश्यक कारबाही नभएको भन्दै चैत्र २२ गते विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए ।

शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको छात्रा विद्यार्थीहरुको आरोप छ । निवेदनमा छलफल गर्न चैत्र २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय,अभिभावक,विद्यालय व्यवस्थापन,राजनीतिक दलका प्रतिनिधिहरु बीच बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेपछि विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए ।

विद्यालयमै विद्यार्थीहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि विद्यालयको पठनपाठन प्रभावित बनेको छ । पछिल्लो केहिदेखि विद्यालय बन्द रहेको छ ।

प्रतिक्रिया