एमाले इन्द्रसरोवर–४ ले टुङ्ग्यायो उम्मेदवार

पालिका डायरी
२४ चैत्र २०७८, ०८:०५

हेटाैंडा / आगामी स्थानीय तहको निर्वाचनको लागि एमाले ले वडा नम्बर ४ को अध्यक्षसहित सदस्यहरुको उम्मेदवार टुङ्ग्याएको छ ।

बुधबार एमाले इन्द्रसरोवर वडा नम्बर ४को सम्पर्क कार्यालय उद्घाटनसँगै बसेको वडा कमिटीको बैठकले अध्यक्ष सहित सदस्यहरुको उम्मेदवार टुङ्गो लगाएको हो ।

बैठकले वडा अध्यक्ष पदका लागि चन्द्रकुमार बल, खुल्ला सदस्यतर्फ देवराज डिम्डुङ र आइमान भ्लोन, महिलातर्फ सानु कान्छी स्याङ्तान तथा दलित महिला सदस्यमा सवित्री सुनुवार सर्वसम्मत चयन गरेको हो ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य भोजराज ढकालको प्रमुख आतिथ्यतामा भएको बैठकले वडाबाट उम्मेदवार बन्ने जनप्रतिनिधि छनोट गरेको हो । जिल्ला कमिटी सदस्य उमाकुमारी लामा बिशेष अथित्यता रहेको बैठकमा डिके पुडासैनी, प्रताव भोम्जन, रेशमकुमारी घिसिङ, धनवीर स्याङ्तान, धिराज बललगायतको आतिथ्यता रहेको थियो ।

 

प्रतिक्रिया