अधिकारकर्मीको स्थलगत रिपोर्ट : अविभाककै मिलेमतोमा घटना लुकाउने प्रयासमा विद्यालय, प्रेस विज्ञप्ती सहित

पालिका डायरी
२३ चैत्र २०७८, २१:३३
अधिकारकर्मीको स्थलगत रिपोर्ट : अविभाककै मिलेमतोमा घटना लुकाउने प्रयासमा विद्यालय

हेटाै‌ंडा / मकवानपुर जिल्लाको बागमती गाउँपालिकाको जनता मावीमा भएको घटना विद्यालय भित्रै लुकाउने प्रयास गरिएको खुल्न आएको मकवानपुरका अधिकारकर्मीहरुले बताएका छन् । अविभावकै मिलेमतोमा श्क्षिकहरुसँग मिलेर विद्यालय प्रशासन भित्रै कुरा मिलाएर घटनाको मिलापत्र गर्ने प्रयास भैरहेको पाइएको छ ।

पीडित बालिकाहरुलाई शिक्षक र पीडित बालिकाहरुको अभिभावकहरुले नै बालिकाहरुलाई चुप लाग्न दवाब दिइएको पाइएको बालबालिकाको क्षेत्रमा सक्रिय रहेर काम गर्दै आइरकेको सिविन नेपाल, बालहेल्प लाईन नेपाल मकवानपुरका कार्यक्रम संयोक झविन्द्र ज्ञवालीले बताए । उक्त घटनाकोे बारेमा स्थलगत रिर्पोटिङ गर्न मकवानपुरका अधिकारकर्मीहरु बुधबार विद्यालयम जाँदा यस्तो दृष्य देखिएको बताउँदै उक्त घटना विद्यालयमै मिलाउने कसरतमा शिक्षक तथा विद्यालय व्यवस्थापन समिति नै लागिपरेको पाइएको अधिकारकर्मीहरुले बताएका छन् ।

विद्यालयका ७५ जना भन्दा धेरै बालिकाहरु शिक्षकको यौन दुव्र्यवहारको शिकार भएको अनुसन्धानबाट खुल्न आएको माइती नेपाल रोकथाम गृह हेटौंडाकी कार्यक्रम संयोजक माया लामाले बताइन् । ‘ त्यो विद्यालयमा कक्षा ४ देखि ८ सम्म पढ्ने तथा ८ बर्षदेखि १४ बर्ष सम्मको बालिकाहरु दुव्र्यवहारमा परेको पाइयो ।’ ‘बालिकाको अभिभावकले जाहेरी दर्ता गरे भने मात्र बालिकाहरुले न्याय पाउने छन् । तर अभिभावकहरु नै पीडक शिक्षकको पक्षमा लागेर आफ्ना नानीहरुलाई त्यो सरले तिमीहरुलाई माया गरेको हो भन्दै शिक्षककै बचाउमा लागेको पाइयो,’ लामाले भनिन् ।

३५ जना बालिकाहरुसँग कुरा गरेको र उनीहरुको कुरा सुन्दा विद्यालयका १५ बर्षभन्दा मुनीका बालिकाहरु दुव्र्यवहारमा परेको अधिकारकर्मीहरुले बताएका छन् । विद्यालय नजिकै रहेको धन्चाई खोलामा आउ ५ सय रुपैंया दिन्छु भन्ने उक्त शिक्षकले प्रस्ताब समेत राखेको पीडित बालिकाहरुले बताएका छन् ।
साना बालिकालाई मात्रै दुव्र्यवहार गरे उनीहरुले आवाज उठाउन नसक्ने, डरले कसैलाई पनि नभन्ने तथा उनीहरुलाई गलत छुवाईको बारेमा थाहा नहुने जस्ता गलत विचार राखेर दुव्र्यवहार भएको हुनसक्ने राडो नेपालका कार्यक्रम संयोजक दिपेन्द्र पाठकले बताए । स्थलगत अध्ययनमा भएका गतिविधिहरु पत्रकार सम्मेलनमा प्रस्तुत गर्ने क्रममा पाठकले भने ः ‘ती पीडित बालिकाहरुले आफ्नो बलबुतावले भ्याउनेजती आन्दोलन गरेका रहेछन् । उनीहरुको आँखाको आँसुको भावले पनि सजिलै बुझ्न सकिन्थ्यो, उनीहरुको पीडा असैह्य छ भन्ने प्रष्ट देखिन्थ्यो ।’

विद्यालयमा प्रवेश गर्न रोक लगाइएको तथा उक्त पीडित बालिकाहरुसँग भेट्न समेत विद्यालयका प्रशासनहरुले रोक लगाइएको पाइएको छ । घटनाको प्रतिकार जनाउँदै बालिकाहरुले ७ गते नै विद्यालयका प्राध्यापकलाई निवेदन दिएको तर यस् बिषयलाई मिलमपत्र गर्न खोजिएको बालिकाहरुले आरोप लागाएका छन् । विद्यालयमा प्राध्यापकद्धारा नै शिक्षहरुलाई भगाउने खेल रचिएको समेत हुनसक्ने मकवानपुर प्रहरीले आंकलन समेत गरेको छ । यद्यपी प्रहरी कार्यालयमा जाहेरी दिन नआएकै कारण प्रहरीले अनुसन्धान तथा कारवाही गर्न नपाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए । जाहेरी दर्ता हुने बित्तिकै अनुसन्धान अघि बढाउने प्रहरीको दाबी छ ।

बागमती ८ फापरबारीको उक्त विद्यालयमा तीन जना शिक्षकहरुले विद्यालयका ७५ जना भन्दा धेरै बालिकाहरुलाई निरन्तर यौन दुव्र्यवहार गरेको भन्दै मंगलबार आक्रोशित विद्यार्थीहरुले विद्यालय परिसरमा आन्दोलन गरेका थिए । विद्यालयका प्राध्यापक वसन्त राई सँग यस् बिषयमा थप जानकारी लिन हामीले धेरै प्रयास गर्दा पनि सम्भव हुन नसकेको र सम्पर्कमा ल्याउने प्रयास भैरहेको छ ।

प्रतिक्रिया