मनहरीबाट ९० किलो लागुऔषध गाँजा सहित भारतिय नागरिक पक्राउ

पालिका डायरी
२१ चैत्र २०७८, ११:५३
परेका

हेटौंडा / मनहरीबाट ९० किलो लागुऔषध गाँजा सहित भारतिय नागरिक पक्राउ परेका हुन् ।  बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुर मनहरी गा.पा. वडा नं. ६ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा अन्तरगत चितवन तर्फबाट मनहरी तर्फ आउदै गरेको बि आर२५जि ए३०९२ नं. को भारतिय ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्कको क्याविनको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याइएको लागुऔषधे फेला पारेको हो ।

पक्राउ पर्नेमा चालक भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने बर्ष ३५ को असगर अलि रहेका छन् । उक्त लागुऔषध गाँजा, र ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

 

प्रतिक्रिया