चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गयो

पालिका डायरी
२१ चैत्र २०७८, ११:०९
चार दिनदेखि बाँकेमा लगातार बाघको आक्रमण

हेटौंडा / चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विकको ज्यान गएकाे चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका–२३ मा रहेको निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा हिजो बेलुका विकलाई बाघले आक्रमण गरेको थियो । आफन्तको घरमा बस्दै आएका उहाँलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो ।

प्रतिक्रिया