म्यादी प्रहरीको लागि आज हेटौंडामा २९ सय जनाले लिखित परिक्षा दिए

पालिका डायरी
२० चैत्र २०७८, १९:४३
म्यादी प्रहरीको लागि आज हेटौंडामा २९ सय जनाले लिखित परिक्षा दिँदै

बासुदेव बिष्ट

हेटौंडा / बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरी भर्ना, परिक्षा तथा छनौट प्रक्रिया भैरहेको छ । यसैक्रममा आइतबार भएको लिखित परिक्षामा सहभागी हुनको लागि बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा बिहानैदेखि लामो लाइन लागेको थिए ।

म्यादी प्रहरीको लागि जम्मा ३ हजार ७ सय ३७ जनाको आवेदन परेकोमा शारिरीक तन्दुरुस्त र स्वास्थ्य परिक्षणबाट छानिएका २९ सय जनाले आज बागमती प्रदेश प्रहरी कार्यालयमा लिखित परिक्षा दिएका हुन् । आज लिखित दिएका मध्ये पास हुनेहरुको भोली सोमबार अन्तरवार्ता लिइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले १ हजार ३ सय २२ जना म्यादी प्रहरी माग गरेको छ ।

प्रतिक्रिया
277856364_284496820533276_4316946839518338221_n