पेट्रोलियम पदार्थ ढुवानी ठप्प हुँदा हेटौंडामा पेट्रोल, डिजेलको अभाव

पालिका डायरी
१९ चैत्र २०७८, १४:४८
पेट्रोलियम पदार्थ ढुवानी ठप्प हुँदा हेटौंडामा पेट्रोल, डिजेलको अभाव

बासुदेव बिष्ट

हेटौंडा /  पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । पेट्रोलको ढुवानी ठप्प हुँदा बागमती प्रदेशको राजधानी हेटौंडाका उपभोक्ताहरु मारमा परेका छन् ।

पेट्रोलियम पदार्थ ढुवानी ठप्प हुँदा हेटौंडामा पेट्रोल तथा डिजेलको अभाव सृजना भएको छ । पेट्रोलियम पदार्थ ढुवानी ठप्प हुँदा हेटौंडाका धेरैजसो पम्पहरु बन्द गरएको छ भने केहि खुलेका पम्पहरुमा पेट्रोल हाल्नको लागि बिहानै देखि अटो रिक्सा, मोटरसाईकल तथा साना गाडीहरुको लाइन लागेको छ । हेटौंडा ११ मा रहेकोे जय श्री आयल डिस्ट्रिब्युटर्स प्रा.लि मा बिहानैदेखि सवारीमा पेट्रोल हाल्ने आउनेको लाइन लागेको हो ।


नेपाल आयल निगमले तेल बिक्रेताहरूलाई कुल बिक्रीको ३ प्रतिशत रकम कमिसन बापत दिँदै आएको थियो । पछिल्लो समय लगातारको मूल्यवृद्धिका कारण निगमले पेट्रोलियम पदार्थमा दिँदै आएको कमिसन फागुन १९ गतेदेखि कटौती गरेको थियो । कमिसन बापतको रकम कटौती गरेपछि राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले ढुवानी ठप्प पारेको हो । पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउँदै आएको कमिसन गत फागुन १९ गतेबाट स्थगन गरिएकोमा सोही मितिबाट लागू हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया